सेतीेदेवी आवि सिम्लेलाई मुक्तिनाथ विकास बैँकको सहयोग

सेतीेदेवी आवि सिम्लेलाई मुक्तिनाथ विकास बैँकको सहयोग

रामेछापको रामेछाप नगरपालिका वडा नं ७ सिम्लेमा रहेको सेतीदेवी आधारभूत विद्यालयमा खानेपानीको अभाव छ । विद्यालयमा आवश्यक खानेपानी गाउँमा रहेको धाराबाट बोकेर ल्याउनुपर्ने अवस्था छ । अब भने यो समस्या अन्त्य हुनेभएको छ ।

आईतबार मुक्तिनाथ विकास बैँक शाखा कार्यालय मन्थली रामेछापले विद्यालयमै पुगेर खानेपानी प्रबन्धको लागी आवश्यक सामाग्रीहरु हस्तान्तरण गरेको हो । मानव मिलन नारी जागरणको सहकार्यमा समाजससेवी सन्देश घिमिरेको पहलमा विद्यालयलाई उक्त सामाग्रीहरु उपलब्ध गराइएको हो । विद्यालयसम्म खानेपानी ल्याउन आवश्यक २ हजार मिटर पाईप र पानी संकलन गर्न १ हजार लिटरको २ वटा हिलटेक विद्यायलाई हस्तान्तरण गरिएको हो ।

मुक्तिनाथ विकास बैँकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विद्यालयमा खानेपानीको लागी आवश्यक सहयोग गरेको हो । खानेपानीको पाईप विछाउ्नेदेखी धारा जडानसम्मको काममा मानव मिलन नारी जागरण संस्थाले सहयोग गर्ने सो संस्थाका प्रतिनिधी एवं समाजससेवी सन्देश घिमिरले बताउनुभयो ।

विद्यालयका प्रधानाध्यापक खिल बहादुर काकीका अनुसार विद्यालयमा विगतदेखि नै खानेपानीको अभाव रहेको र शौचालयहरूमा समेत पानीको सुविधा उपलब्ध नहुँदा समस्या थियो । ३१ जना जनजाति बालबालिकासहित सम्पूर्ण विद्यार्थीहरूको स्वास्थ्य, सरसफाइ र सिकाइ वातावरणमा खानेपानी नहुँदा प्रत्यक्ष असर पारिरहेको थियो ।

विद्यालयलाई हिलटेक,धारा तथा पाईप सहयोगले विद्यालयमा सुरक्षित खानेपानीको पहुँच र शौचालयमा पानीको व्यवस्था हुने भन्दै प्रअ कार्कीले सहयोगी संस्थालाई धन्यवाद व्यक्त गर्नुभयो । भविष्यमा पनि यस्तै सहयोग र सहकार्य निरन्तर रहोस् भन्ने आशा राखेको उहाँले बताउनुभयो ।

मुक्तिनाथ विकास बैँक शाखा कार्यालय रामेछापका प्रमुख बद्रि रिमाल,मानव मिलन नारी जागरण संस्थाका प्रतिनिधी एवं समाजससेवी सन्देश घिमिरे,पत्रकार,शिक्षक,अभिभावक सहितको उपस्थितीमा ति समाग्रीहरु हस्तान्तरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार