रामेछापको कठजोरमा बोलेरो दुर्घटना,दुई जनाको मृत्यु,दर्जनौँ घाइते

रामेछापको कठजोरमा बोलेरो दुर्घटना,दुई जनाको मृत्यु,दर्जनौँ घाइते

रामेछापको मन्थली नगरपालिका वडा नं ३ कठजोरमा बोलेरो दुर्घटना भएको छ । दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने दर्जनौँ घाइते भएका छन । वडा नं ३ कै ऐरमबास भन्ने ठाउँबाट यात्रु लिएर कठजोर जाँदै गरेको बा १६ च ६४७६ नम्बरको बोलेरो दुर्घटना भएको हो ।

बिहिबार(आज) दिउँसो अन्दाजी ४ बजेको समयमा बालेरो दुर्घटनामा परेको हो । उक्त दुर्घटनामा सोही ठाउँका अन्दाजी वर्ष ६२ का कृष्ण नारायण श्रेष्ठ र अन्दाजी वर्ष १२ की भुमिका श्रेष्ठको घटनास्थलमै मृत्यु भएको वडाअध्यक्ष कृष्ण गोपाल थापाले जानकारी दिनुभयो ।

दुर्घटनामा दर्जन भन्दा बढी यात्रुहरु घाईते भएका छन । घाईते सबैलाई उद्धार गरी उपचारको लागी मन्थली अस्पताल पठाइएको वडाअध्यक्ष थापाले बताउनुभयो । दुर्घटना भएको बोलेरो सडकबाट अन्दाजी २ मिटर तल खसको छ ।

सडक भासिएर बोलेरो दुर्घटना भएको वडाअध्यक्ष थापाले बताउनुभयो । दुर्घटनाको थप विवरण भने आउन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार