रामेछाप नगरपालिकाको ७ वटै क्लस्टरमा प्रारम्भिक बालविकास सम्बन्धी अभिमुखीकरण

रामेछाप नगरपालिकाको ७ वटै क्लस्टरमा प्रारम्भिक बालविकास सम्बन्धी अभिमुखीकरण

“प्रारम्भिक बालविकासमा लगानी, दिगो राष्ट्र विकासको थालनी” भन्ने मूल नाराका साथ रामेछापको रामेछाप नगरपालिकामा प्रारम्भिक बालविकास सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

“इसिडी हार्मोनी परियोजना” अन्तर्गत चाइल्ड एड नेटवर्क फाउण्डेशनको सहयोगमा रामेछाप नगरपालिकासँगको सहकार्यमा सेता गुराँस राष्ट्रिय बालविकास सेवाले नगरका ९ वटै वडामा एक दिने अभिमुखीकरण कार्यक्रम गरेको हो ।

७ वटा क्लस्टर बनाएर ५४ वटा बाल विकास केन्द्रका विद्यालयका प्र.अ. वि.व्य.स. र शिक्षक अभिभावक संघका अध्यक्षका लागि प्रारम्भिक बालविकास सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम गरिएको रामेछाप नगरपालिकाको बाल विकास संयोजक सरोज श्रेष्ठले जानकारी दिनुभयो ।

चैत्र १८ गतेबाट सुरु भएको अभिमुखीकरण कार्यक्रम बुधबार(आज) वडा नं २ देउरालीमा सम्पन्न भएको उहाँले बताउनुभयो । कार्यक्रममा प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, अभिभावक संघका अध्यक्ष सहित प्रत्येक विद्यालयबाट तीन÷तीन जनाको सहभागिता रहेको थियो ।

अभिमुखीकरण कार्यक्रममा बाल विकासको नीतिगत व्यवस्था, पाठ्यक्रम, प्रारम्भिक बालविकासको अवधारणा, बालविकास केन्द्र सञ्चालनका न्यूनतम मापदण्ड र बालमैत्री सिकाइ लगायतका विषयमा अभिमुखीकरण गरिएको हो ।

कार्यक्रममा परियोजना संयोजक मैया वस्नेत र रामेछाप नगरपालिकाको बाल विकास संयोजक सरोज श्रेष्ठले प्रारम्भिक बाल विकास, बाल विकास केन्द्र सञ्चालन र व्यवस्थापन सम्बन्धी नीतिगत व्यवस्था, मापदण्ड, पाठ्यक्रम, बालमैत्री सिकाई, मूल्यांकन लगायतका विषयवस्तु प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा सहभागीहरुले प्रारम्भिक बालविकास केन्द्र सञ्चालन तथा व्यवस्थापनका सन्दर्भमा बनेका नीतिगत व्यवस्था, पाठ्यक्रम, प्रारम्भिक बालविकासको अवधारणाबारे अभिमुखीकरण मार्फत जानकारी पाएको बताएका छन ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार