गौरीशंकर बहुमुखी क्याम्पस रामेछापको भवन निर्माणको काम अन्तिम चरणमा

गौरीशंकर बहुमुखी क्याम्पस रामेछापको भवन निर्माणको काम अन्तिम चरणमा

गौरीशंकर बहुमुखी क्याम्पस रामेछापको भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । रामेछापको पुरानो सदरमुकाम रामेछाप बजारबाट नजिकै रहेको टावर डाँडामा भवन निर्माण भएको हो ।

यहि असोज ४ गते सम्झौता भएर एस.रामेछाप कन्स्ट्रक्सन प्रा.लिले भवन निर्माणको काम गरिरहेको छ । निर्धारित समयमै भवन निर्माणको काम सम्पन्न भएको एस.रामेछाप कन्स्ट्रक्सन प्रा.लिका प्रतिनिधि रमेश रायले बताउनुभयो । अहिले भवनको रंगरोगनको काम भैरहेको छ ।

भवन निर्माणको लागि कुल लागत अनुमान एक करोड १० लाख २२ हजार ५ सय २९ रुपैयाँ ९८ पैसा रहेको छ भने कबोल गरेको मूल्य अभिवृद्धि कर सहितको रकम ६६ लाख ९३ हजार ३ सय ५६ रुपैयाँ ५६ पैसा रहेको आयोजनाको सूचना बोर्डमा उल्लेख गरिएको छ ।

४ कोठे भवन निर्माण सम्पन्न भएपनि माथिल्लो तला निर्माणको लागी आगामी आर्थिक वर्ष बजेट विनियोजन भएर सो काम सम्पन्न भएपछि मात्रै क्याम्पसको पठनपाठन नयाँ भवनबाट संचालन हुने क्याम्पस संचालक समितिका अध्यक्ष सन्देश घिमिरेले बताउनुभयो ।

प्रशासनिक भवन निर्माणको लागी पनि पहल भैरहेको उहाँले बताउनुभयो । सबै भवन निर्माण सम्पन्न भएर पठनपाठन संचालन हुन अझै १ वर्ष लाग्ने अध्यक्ष घिमिरेले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार