सिन्धुलीको गोलन्जोर गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ को दोश्रो चौमासिक अवद्यिसम्म सञ्चालन भएका विकास निर्माण र सेवा प्रवाहका बारेमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।
मंगलबार सम्पन्न उक्त कार्यक्रममा गाउँपालिकाले प्रवाह गरिरहेको सेवा तथा विकास आयोजनाहरुको बारेमा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त चौधरीले जानकारी गराउनुभयो ।
उहाँका अनुसार गाउँपालिकाको जम्मा बजेट ५७ करोड १३ लाख ११ हजार ५ सय रहेको छ । यसमा चालु खर्च तर्फको बजेट ४१ करोड ६२ लाख ३७ हजार ७ सय १४ रुपैयाँ विनियोजन भएको थियो भने पुँजीगत तर्फ १५ करोड ५० लाख ७३ हजार ७ सय ८६ रुपैयाँ विनियोजन भएको थियो ।
चालु तर्फ ५७.२३ प्रतिशत बजेट खर्च भएको छ भने पुँजीगत तर्फ २६.०७ प्रतिशत मात्रै बजेट खर्च भएको छ । जसमध्ये हालसम्म भौतिक प्रगती ४२.४५ प्रतिशत रहेको छ । वित्तिय प्रगति ३१.३९ प्रतिशत रहेको प्रमुख प्रशासकिय अधिकृत चौधरीले बताउनुभयो । सार्वजनिक सुनुवाई कार्यक्रममा उठेको प्रश्नको जवाफ गाउँपालिकाका अध्यक्ष शंकरराज बराल र उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने पुकारले दिनुभएको थियो ।
नागरीकहरुको प्रश्नको जवाफ दिदै अध्यक्ष बरालले गाउँपालिकाले गरेको कामहरुमा नागरीहरुले जति बेला र जुनसुकै समयमा पनि सुझाव दिन सक्ने उहाँले बताउनुभयो ।
सम्वृद्ध पालिका बनाउन सबै नागरीकहरुको साथ र सहयोग अपरिहार्य रहेको पनि उहाँले बताउनुभयो । कार्यक्रममा वडाअध्यक्षहरु,विभिन्न राजनितिक दलका प्रमुख एवं प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।