रामेछापका टिकटक भाइरल बिक्रम हायु र बाबुराम हायु सम्मानित हुनुभएको छ । उहाँहरुलाई रामेछाप नगरपालिका वडा नं ७ ले सम्मान गरेको छ । टिकटकमा रमाईलो भिडियो बनाएर भाईरल बनेका दाजुभाईलाई सार्वजनिक सुनुवाई कार्यक्रमको अवसरमा नगद सहित सम्मान गरिएको हो ।
हायु दाजुभाईले रामेछाप नगरपालिकाको घरगाउँमै पुगेर कृषकहरुले उत्पादन गरेको विभिन्न कृषि उपजहरुलाई खरिद गर्ने गरेका छन । कृषकको उत्पादनलाई बजारसम्म पुर्याउन सहयोग गरेको भन्दै उहाँहरुलाई प्रत्साहन स्वरुप नगद ३ हजार सहित सम्मान पत्रद्धारा सम्मान गरिएको हो ।