राजावादीहरुले आव्हान गरेको आन्दोलनको क्रममा काठमाडौंको तिनकुनेमा रिपोटिङ गर्दै गर्दै गर्दा आगो लगाएर मारिएका एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकका परिवारलाई रामेछापका पत्रकारहरुले ३० हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।
श्रमजिवि पत्रकार मारिदा निजसंग आश्रित परिवारजनलाई आर्थिक रुपमा पर्ने संकटमा थोरै भएपनि मलमपट्टी लगाउने उद्धेश्यले उक्त रकम उपलव्ध गराईएको नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष दिपक घिमिरेले बताउनुभयो । पत्रकार महासंघ रामेछापमा अबद्ध पत्रकाहरुले आफुले सकेको सहयोग गरेको उहाँले बताउनुभयो ।
नेपाल पत्रकार महासंघ रामेछाप शाखाका सदस्यहरुले स्वच्छिक रुपमा प्रदान गरेको रकम सोमबार पत्रकार हिमाल ढुंगेल सहितको टोलीले स्वर्गीय रजकको परिवारलाई हस्तान्तरण गरेको छ ।