रामेछाप कृषि पर्यटन मेलाको आम्दानी ३ लाख मात्रै खर्च भने १६ लाख

रामेछाप कृषि पर्यटन मेलाको आम्दानी ३ लाख मात्रै खर्च भने १६ लाख

रामेछाप उद्योग वाणिज्यिक सङ्घले यहि माघ १५ गते देखी २६ गते सम्म मन्थलीमा ११ दिन रामेछाप कृषि पर्यटन तथा औद्योगिक मेला प्रदर्शनी २०८१ आयोजना गर्यो । उक्त मेलाको आम्दानी तथा खर्च विवरण सोमबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको हो ।

रामेछाप उद्योग वाणिज्यिक सङ्घका कोषाध्यक्ष झनक बहादुर बुढाथोकीले पत्रकार सम्मेलनमा आम्दानी तथा खर्च विवरण प्रस्तुत गर्नुभयो । मेलाबाट ३ लाख २० हजार ५ सय आम्दानी हुँदा खर्च भने १६ लाख ३० हजार ३३८ रुपैया रहेको कोषाध्यक्ष बुढाथोकीले बताउनुभयो ।

कोषाध्यक्ष बुढाथोकीका अनुसार नगरपालिका तथा गाउँपालिकाहरुबाट आउनुपर्ने रकम भने आउने क्रममा रहेको छ । हालसम्म सुनापति गाउँपालिकाबाट ९८ हजार ५ सय पेस्की स्वरुप आएको,राकेश एण्ड समिना नेपालबाट २ लाख २२ हजार रुपैयाँ र स्टल बिक्रीबाट ३७ हजार रुपैयाँ आम्दानी भएको कोषाध्यक्ष बुढाथोकीले जानकारी दिनुभयो ।

नगरपालिका तथा गाउँपालिकाहरुसँग प्रस्ताव गरिएको रकम प्राप्त हुँदा हाल उद्योग वाणिज्य सङ्घलाई प्राप्त भएको ३ लाख २० हजार पाँच सय रुपैयाँसहित १७ लाख ५० हजार रुपैयाँ आम्दानी हुने उहाँको भनाई छ ।

कृषि पर्यटन मेलाले कृषकहरूलाई उत्साहित बनाएको भन्दै रामेछाप उद्योग वाणिज्य सङ्घका अध्यक्ष नवीन थापामगरले यस पटक मेला आयोजना गर्दा भएको कमि कमजोरीलाई आगमी वर्षहरुमा सच्याउँदै अघि बढ्ने बताउनुभयो ।

यस्तो छ आम्दानी तथा खर्चको विवरण  : 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार