अन्तराष्ट्रिय महिला दिवसको अवसरमा रामेछाप नगरपालिकामा वक्तृत्वकला प्रतियोगिता

अन्तराष्ट्रिय महिला दिवसको अवसरमा रामेछाप नगरपालिकामा वक्तृत्वकला प्रतियोगिता

रामेछापको रामेछाप नगरपालिकाले ११५ औँ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता कार्यक्रम गरेको छ । शनिबार(आज) ‘महिला अधिकार समानता र सशक्तीकरण ’भन्ने शिर्षकमा वक्तृत्वकला प्रतियोगिता गरिएको हो । उक्त प्रतियोगितामा सारदा तामाङ प्रथम,शान्ति तामाङ द्धितिय,हिममाया श्रेष्ठ तृतिय र पन्चिमाया नेपाली सान्तोना हुनुभएको हो ।

प्रतियोगितामा ७ जना महिलाहरुले भाग लिएका थिए । प्रथम, द्वितीय, तृतीय र सान्तोना हुनेहरुले क्रमशः २ हजार ५ सय,२ हजार,१ हजार पाँच सय र एक हजार पुरस्कार प्राप्त गरेका छन् । यसैगरी नगरभरीका उत्कृष्ट महिला उद्यमी,महिलाहरुले संचालन गरेको संस्था,उत्कृष्ट महिला कृषक,उत्कृष्ट काम गर्ने महिला स्वास्थ्य स्वयमसेवीका र एसइई २०८० मा सत प्रतिशत विद्यार्थी पास गराउन सफल महिला शिक्षिकाहरुलाई सम्मान गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथी एवं जिल्ला समन्वय समिति रामेछापका प्रमुख चिना खड्का,रामेछाप नगरपालिका प्रमुख लबश्री न्यौपाने र उपप्रमुख बाल कुमारी कार्कीले वक्तृत्वकला प्रतियोगिताका विजेता तथा सम्मानित हुनेहरुलाई सम्मान गर्नुभएको हो । यो वर्षको अन्तराष्ट्रिय महिला दिवस सचेतनामूलक र्याली, वक्तृत्वकला प्रतियोगिता र विभिन्न विद्यामा उत्कृष्ट महिला संस्था तथा महिलाहरुलाई सम्मान गरेर मनाइएको नगरपालिकाका महिला विकास निरीक्षक सरिता बुढाथोकीले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार