बनेपाको होटलमा रामेछापकी युवती मृत फेला,सँगै बसेका युवक फरार

बनेपाको होटलमा रामेछापकी युवती मृत फेला,सँगै बसेका युवक फरार

काभ्रेपलाञ्चोकमा एक महिला मृत फेला परेकी छिन् ।काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ मा रहेको होटल भ्यू पाहुना घरमा रामेछाप घर भई हाल बनेपा–६ बस्ने २३ वर्षीया शर्मिला श्रेष्ठ मृत फेला परेकी हु्न् ।

हिजो साँझा ५ बजे सो होटलमा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिनुभयो ।उनी बनेपाकै एक मेडिकलमा कार्यरत थिइन ।

श्रेष्ठसँगै होटलमा गएका रामेछापका एक युवक फरार भएका छन् । फरार भएका युवकको नाम भने खुलाइएको छैन । घटनाको प्रकृति हेर्दा हत्याको आशंका गरिएको प्रहरीले जनाएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार