रामेछापको रामेछाप नगरपालिका वडा नं ६ ओख्रेनीका अगुवा जुनार कृषक शेरबहादुर तामाङले जुनार खेतीबाट राम्रो आम्दानी गर्दै आउनुभएको छ । निकै रहरलाग्दो बगैँचा व्यवस्थापना सहित जुनार खेती गर्दै आउनुभएका कृषक तामाङसँग गरिएको कुराकानीको सम्पादित अंश :
जुनार कति रोपनीमा लगाउनु भएको छ ? जुनार खेतिको अवस्था कस्तो छ ?
१० रोपनीमा खेति गरेको छु । लगभग ३ सयको हाराहरीमा बोटहरु छ । ८५ प्रतिशत बोटले उत्पादन दिइरहेको छ । सबै जुनार बिक्रि भैसक्यो । यो वर्ष ४ लाख ५० हजारको बेचेँ ।
जुनारमा केहि वर्ष अघि किराहरू देखिएको थियो । यो पटक किरा नियन्त्रण भएको हो ?
नियन्त्रण नै भएको भनुम् । हाम्रो बगैचामा किरा देखिएको छैन ।
जुनार खेतिको लागि कुन निकायले कस्तो सहयोग गरिरहेको छ ?
प्रधानमन्त्री परियोजना जुनार जोन कार्यक्रमबाट विशेष गरी सहयोग भएको रामेछाप नगरापालिकाबाट भित्रका जुनार किसानका लागि । जुनार जोनले बगँैचा व्यवस्थापन, किटनाशक औषधि, सुष्म खाध्यतत्वहरू, विशादी प्रयोग गर्ने स्प्रेहरू, काटछाट गर्ने औजारहरू, बजारीकरणका लागि क्रेटहरू, सिंचाइको लागि पोखरीहरू र थप नर्सरीहरू पनि सपोर्ट गरिरहेका छन् । यो वर्ष चिस्यान केन्द्रको पनि व्यवस्था भएको छ । हामीले पनि सहकारी अन्तर्गत मार्फत प्रपोजल हालेका थियौँ । हाम्रो लागि पनि एक स्वीकृत भएको छ । रामेछाप नगरपालिकाले पनि सामुहिक होइन व्यक्तिगत रुपमा केही सहयोग गरेको छ रे भन्ने चाहि सुनेको हो ।
यो वर्ष जुनारले कतिको बजार पायो ?
यो वर्ष क्वालिटीको जुनारले बजार राम्रै पायो । क्वालिटी जुनारको लागि बजारको समस्या छैन । लो क्वालिटीको जुनारमा मसिनो दानाहरू हुनेको लागि केही समस्या देखिएकै छ यो वर्ष पनि । सरसर्ती हेर्दा राम्रै बजार पायो यो वर्ष ।
तपाई जुनारको बिरुवा पनि उत्पादन गर्नु हुन्छ । तपाईंको नर्सरीमा केकति के कस्ता बिरुवाहरू छन् ?
मसँग विशेष गरी सुन्तला कागतीको बिरुवा छ अहिले । जुनारको कलमी भइराखेको छ । जुनार, सुन्तला, कागती र मुन्तलाको बिरुवा उत्पादन भइरहेको छ । ५ हजारको हाराहारीमा होला सबै गरेर । बिरुवाको माग भनेको जस्तो त छैन । फाट्टफुट्ट माग भइरहेको छ । मैले उत्पादन गरेको बिरुवा ओखलढुङ्गा, रामेछाप नगरपालिका, मन्थली नगरपालिकामा धेरै जस्तो बिरुवा गइरहेको छ ।
जुनार खेतिमा केही समस्या छ ?
समस्या त धेरै नै छ । धेरै जस्तो कम्पोष्ट मलको समस्या छ । सिंचाईको पनि समस्या छ । प्राविधिक समस्या पनि छ । हामीलाई सिंचाई आकाशेपानी जम्माको लागि पोखरी, बजारी करणको लागि लेवलिङ, प्याकेजिङको व्यवस्था, सानासाना मिनी चिस्यानकेन्द्र, प्राविधिक सहयोग, जुस उत्पादन तथा बजारीकरणको लागि राम्रो भए व्यवस्था हुन्थ्यो भन्ने लाग्छ ।
जुनारखेतिमा युवाको आर्कषण कस्तो छ ?
जुनार खेतिमा युवाको खासै आकर्षण छैन । सरकारी निकाय तथा स्थानीय निकायहरूले युवाको लागि केही कार्यक्रमहरू बनाउनु पर्ने देखिन्छ जुनार खेतिको लागि । जुनारखेति ५ वर्ष पछि मात्र आम्दानी हुने हो । त्यो समयसम्मको लागि ठोस कार्यक्रम गर्नु पर्ने हुन्छ नगदेबाली तथा अरू कृषिको लागि । परियोजनाले अनुदान तथा आकर्षित हुने कार्यक्रम ल्याउन सकेमा मात्र युवाहरू आकर्षित हुने देखिन्छ । गाउँतिर काम गर्न युवाहरूलाई संकट संकट नै छ ।
बजारी करणमा केही समस्या छन् ?
बजारी करणमा समस्या नै छ । पुस भरीमा हामीले सबै जुनार बिकाउन सकेको भए अहिले फूल खेल्ने बेला भइसकेको हुन्थ्यो । समयमै बिकाउन नसकेकाले उत्पादनमा कम हुने भएको छ । मंसिर पुसमा नै सबै बजारमा पु¥याउन सकेको भए अर्को वर्ष उत्पादन बेसी हुने थियो समयमै बजार पु¥याउन नसक्दा काटछाटमा पनि समस्या भएको छ । टिपेर राख्नको लागि कोलस्टोर भए दिए बजारीकरणको समस्या केही हदसम्म हल हुन्थ्यो जस्तो लाग्छ ।
जुनार खेतिमा लागेका किसानले कुनै निकायबाट अनुदान पाइरहेका छन् कि छैनन् ?
प्रधानमन्त्री परियोजना जुनार जोन मार्फत् नै हो अनुदान पाउने । यो बाहेक अरुले जुनार जोनले नै गरिरहेको छ भन्ने सोच्छन् । जुनार जोनबाट जे जे पाइयो यहि नै हो अनुदान । यो बाहेक अरुबाट पाइएको छैन ।
जुनार र सुन्तलमा उत्पादनको कुुरा गर्दा कस्को उत्पादन राम्रो छ ?
हामीसँग सुन्तलाको उत्पादन पनि प्रसस्त मात्रामा छन् । तर उत्पादन दुबैको राम्रै छ । सुन्तलाको मूल्य राम्रो छ । उत्पादन कम छ जुनारको मूल्य कम छ उत्पादन बढी छ । सुन्तलाले बजार राम्रै छ । सुन्तला केही हप्ता ढिला टिप्दा पनि समस्या देखिदैनँ । जुनार भन्दा केहि हप्ता पछि नै फूल्ने गर्छ सुन्तला चाहि । १०० केजी फल्ने सुन्तलाको बोटमा २०० केजी जुनार फल्न सक्छ । जुनार केजीको ५० मा बिक्रि हुन्छ भने सुन्तला चाहि १०० देखि ११० सम्म हुन्छ । उत्पादनको हिसाबमा उस्ता उस्तै आम्दानी हुन्छ ।
उत्पादन भएको जुनार कहाँ कहाँ कुन कुन ठाउँमा विक्रि हुन्छ ?
रामेछापमा उत्पादन भएको जुनार विशेष गरी खुर्कोट, खनियाखर्क, सिन्धुली, बर्दिबास, भिमान र मन्थली रामेछाप बजार मा विक्रि भइरहेको छ अहिले चाहिँ । बाहिर चाहि त्यति गएको जस्तो लाग्दैन ।
जुनार खेतिको लागि के के भइदियो व्यापक रुपमा बिस्तार हुन्छ जस्तो लाग्छ तपाईँलाई ?
मार्केटिङ, नेपालको सबै भागमा पुग्न पर्यो । जुनारको फाइदा बारे चिनाउन पर्यो । ठूलो ठूलो बजारमा देखिन पर्यो । लेवलिङ प्योकजिङ भएर मुख्य बजार क्षेत्रमा पुग्न पर्यो । नेपालको कुनाकाप्चामा पु¥याएर चिनाउन सकियो भने मार्केटिङमा समस्या हुने थिएन । बाहिर देश पुर्याउन सकेमा राम्रो होला । बजार राम्रो भए किसान पनि उत्पादन गर्नको लागि हौसन्थ्यो होला जस्तो लाग्छ ।