चालु आ.व को ७ महिनामा रामेछाप नगरपालिकाको जम्मा बजेट खर्च २९.५५ प्रतिशत मात्रै

चालु आ.व को ७ महिनामा रामेछाप नगरपालिकाको जम्मा बजेट खर्च २९.५५ प्रतिशत मात्रै

रामेछापको रामेछाप नगरपालिकाको चालु आर्थिक वर्ष २०८१/८२ को हालसम्म अर्थात साउन महिनादेखी माघ महिनासम्मको जम्मा बजेट खर्च २९.५५ प्रतिशत मात्रै रहेको छ । मंगलबार(आज) नगरपालिकामा आयोजित अर्धवार्षिक समिक्षा गोष्ठी कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत भोला प्रसाद चापागाईले सो कुरा बताउनुभयो ।

यो अवद्यिमा चालु बजेट तर्फ २०.३५ प्रतिशत र पुँजीगत तर्फ ८.१४ प्रतिशत मात्रै बजेट खर्च भएको उहाँले बताउनुभयो । समयमै योजनाहरु सम्झौता हुन नसकेको कारण बजेट खर्चमा ढिलाई भएको उहाँले बताउनुभयो ।

नगरपालिका प्रमुख लबश्री न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा ९ वटै वडामा यो ७ महिनाको अवद्यिमा भएको कामहरुको बारेमा सम्बन्धित वडा कार्यालयका सचिवले प्रगति विवरण प्रस्तुत गरेका थिए । नगरपालिकाका विभिन्न विषयगत शाखाका प्रमुखहरुले पनि प्रगति विवरण प्रस्तुत गरे ।

उत्कृष्ट प्रगति प्रतिवेदन प्रस्तुत गर्ने ३ जना कर्मचारीलाई नगद सहित सम्मान गरिएको छ । पशुपंक्षि विकास शाखा प्रमुख काजी शेर्पा,उद्योग तथा राजश्व शाखा प्रमुख हरि भगत श्रेष्ठ र वडा नं ३ का वडा सचिव सुजन थापा सम्मानित भएका हुन । प्रमुख प्रशासकिय अधिकृत भोला प्रसाद चापागाईले आफ््नो व्यक्तिगत खर्चबाट उहाँहरुलाई सम्मान गर्नुभयो ।

कार्यक्रममा विभिन्न राजनितिक दलका प्रमुख एवं प्रतिनिधी र पत्रकारले मन्तव्य राख्दै नगरपालिकालाई विभिन्न सुभावहरु दिएका थिए । पहिलो पटक नगरले अर्धवार्षिक समिक्षा गोष्ठी कार्यक्रम गरेको भन्दै उनिहरुले यो कार्यलाई निरन्तरता दिन आग्रह गरे ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार