रामेछापको साँघुटारबासी गए स्थानिय सरकार र प्रशासनमा डेलिगेसन

रामेछापको साँघुटारबासी गए स्थानिय सरकार र प्रशासनमा डेलिगेसन

रामेछापको रामेछाप नगरपालिका वडा नं ३ साँघुटारबासीहरु स्थानिय सरकार र जिल्ला प्रशासन कार्यालयमा डेलिगेसन गएका छन् । रामेछाप नगरपालिका वडा नं १ गोठगाउँ र वडा नं ३ को सिमाना लिखु नदिमा निर्माण हुन लागेको श्वेतगंगा हाईड्रोपावरका कारण नदि आसपासको करिव ५ सय रोपनी खेत पुर्ण रुपमा प्रभावित हुने भन्दै सोमबार हाईड्रोपावर विरुद्ध स्थानिय उपभोक्ताहरु डेलिगेसन गएका हुन् ।

श्वेतगंगा हाईड्रोपावरले स्थानियहरुलाई विना जानकारी आफनो अनुकुल नदिको ओखलढुँगा खण्डमा पावर हाउस बनाउने लक्ष्य सहित काम गर्न लागेको र हाईड्रोपावर निर्माण सँगै उक्त नदि किनारमा पर्ने लाम्बिरे,सिम्ले र बलौटे फाँटमा रहेको करिव ५ सय रोपनी खेत पुर्ण रुपमा बाँझो हुने भएकोले उक्त कम्पनिको काम रोक्न माग गर्दे आफुहरु आधिकारीक निकायमा डेलिगेसन आउन वाध्य भएको आफ्नो डेलिगेसन पत्रमा उल्लेख गरेका छन् ।

स्थानिय मोहन बहादु प्रधान,राजेन्द्र कुमार प्रधान र उज्जन कुमार प्रधान लगायतका करिब १ सय जना उपभोक्ताहरुले सोमबार प्रमुख जिल्ला अधिकारी राजु पौडेल र रामेछाप नगरपालिकाका प्रमुख लवश्री न्यौपानेलाई कार्यकक्षमानै पुगेर आफ्नो लिखित गुनासो पत्र पेश गरेका थिए । श्वेतगंगा हाईड्रोपावरले स्थानियहरुलाई कुनै पनि जानकारीनै नगराई आफ्नो काम गर्न लागेकोले उक्त कार्य स्थगित गरि उपभोक्ताहरुलाई स्थलगत रुपमानै छलफल गराएर मात्र काम अघि वढाउन माग गरेका छन् ।

स्थानिय हरुको सहमति विना उक्त काम अघि नवढाउन माग गर्द स्थानिय सरकार र प्रशासन कार्यालयमा पुगेका उपभोक्ताहरु सँग रामेछाप नगरपालिकाका प्रमुख लव श्री न्यौपाने र प्रजिअ राजु पौडेलले स्थानिय हरुको मागलाई सर्मथन जनाएका छन् । उनिहरुले स्थानिय हरुको समस्याको बारेमा सम्वोधन गरेर मात्र काम अघि वढाउने बातावरण आफुहरुले निर्माण गर्ने भन्दै ढुक्क भएर घर फर्कन आग्रह गरेको स्थानिय अगुवा एवं टोलीका सदस्य हरि बहादुर प्रधानले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार