रामेछापको लिखु तामाकोशी गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरु र नँया सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुलाई लक्षित गरी वडा वडामै पुगेर राष्ट्रिय परिचयपत्र विवरण दर्ता शिविर संचालन गरेको छ । लिखु तामाकोशी गाउँपालिका,जिल्ला प्रशासन कार्यालय रामेछापको समन्वयमा लिखु तामाकोशी गाउँपालिकाका सबै सात वटै वडा र गाउँपालिकाको कार्यलय धोबीमा राष्ट्रिय परिचयपत्र विवरण दर्ता शिविर सञ्चालन भएको हो ।
यही माघ ३ गतेदेखी गाउँपालिकाको वडा नं १ दुरागाउबाट शिविर सुरु भएको थियो । माघ ३ र ४ गते वडा नं १ दुरागाउँमा भएको शिविरमा पुरुष ७० जना र महिला ८० जना गरी जम्मा १५० जनाले राष्ट्रिय परिचयपत्रका लागी विवरण दर्ता गराएका छन् । वडा नं २ सैपु मा पुरुष ३१ जना र महिला ४३ जना गरी जम्मा ७४ जनाले विवरण दर्ता गराएका छन । वडा नं ३ काङ्वामा पुरुष २० जना र महिला २७ जना गरी जम्मा ४७ जनाले विवरण दर्ता गराएका छन ।
यसैगरी वडा नं ४ कोटगाउमा पुरुष ३० जना महिला ५६ जना गरी जम्मा ८६ जना,वडा नं ५ नागदहमा पुरुष १२ जना र महिला २२ जना गरी जम्मा ३४ जना, वडा नं ६ खिम्तीमा पुरुष १२ जना र महिला ३४ जना गरी जम्मा ४६ जना र वडा नं ७ तिल्पुङमा पुरुष १४ जना र महिला १९ जना गरी जम्मा ३३ जनाले राष्ट्रिय परिचयपत्रका लागी विवरण दर्ता गराएका छन । गाउपालिकाको कार्यालय धोबिमा पुरुष २१ ज्ना र महिला ३३ जना गरी जम्मा ५४ जनाले राष्ट्रिय परिचयपत्र विवरण दर्ता गराएको गाउँपालिकाको पन्जिकरण शाखा प्रमुख सिजन खड्काले जानकारी दिनुभएको छ ।