रामेछाप नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

रामेछाप नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

“स्वास्थ्यका लागी खेलकुद,राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ रामेछाको रामेछाप नगरपालिकामा सातौं रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रबार (आज)देखी सुरु भएको छ । कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख चिना खड्काले प्रतियोगिताको उद्धघाटन गर्नुभयो ।

प्रतियोगिताको उद्धघाटन गर्दै प्रमुख अतिथि खड्काले खेल र खेलाडीको हौसलासँगै विद्यार्थीहरुमा प्रतिस्पर्धाको भावना जागृत गराउनमा यो प्रतियोगिताले धेरै सहयोग गरेको बताउनुभयो ।

रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेले हरेक वर्ष आयोजना हुने रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले विद्यालय तहदेखी विद्यार्थीहरुमा खेल प्रति रुचि बढेको बताउनुभयो । यो प्रतियागिताले विद्यार्थीहरुको क्षमता पहिचान गर्न सहयोग पुग्नुभएका साथै उनिहरुको वृद्धि विकासमा पनि रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले महत्वपुर्ण भुमिका खेलेको उहाँको भनाई छ ।

रामेछाप नगरपालिका भरीका १३ वटै माध्यमिक विद्यालयहरुले प्रतियोगितामा सहभागीता जनाएका छन । ३ दिनसम्म सन्चालन हुने प्रतियोगिता रामेछाप नगरपालिकाको वडा नं ८ टुँडिखेलमा सन्चालन भईरहेको छ । प्रतियोगितामा भलिबल,कबड्डी,सर्टफुट,दौड,ज्याबलिङ थ्रो लगायतका खेलहरु खेलाईने छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार