कोरिया पठाइदिन्छु भन्दै रकम ठगेको आरोपमा रामेछापका युवक पक्राउ

कोरिया पठाइदिन्छु भन्दै रकम ठगेको आरोपमा रामेछापका युवक पक्राउ

डिपेन्डेन्ट भिसामा युवतीहरूलाई कोरिया लगायतका देशमा लैजान्छु भनी ठगी गरेको आरोपमा प्रहरीले रामेछापका एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रामेछापको दोरम्बा शैलुङ्ग गाउँपालिका–६ घर भई हाल भक्तपुरको चाँगुनारायण बस्ने का ३५ वर्षीय साजन मगर भन्ने होमबहादुर मगर रहेका छन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धानको कार्यालयको टोलीले बाँसबारीबाट पक्राउ गरेको हो ।

पक्राउ परेको उनको साथबाट २१ लाख रुपैयाँ बरामद गरेको छ भने उनीमाथि थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको प्रहरी उपरीक्षक (एसपी) काजी कुमार आचार्यले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार