रामेछाप उमाकुण्डको बाम्तिभण्डारमा बजार अनुगमन

रामेछाप उमाकुण्डको बाम्तिभण्डारमा बजार अनुगमन

रामेछापको उमाकुण्ड गाउँपालिका वडा नं.२ को मुख्य बजार रत्नज्योती बजारमा अनुगन गरिएको छ ।

उद्योग तथा वाणिज्य कार्यालय रामेछापका कार्यालय प्रमुख प्रमोद सिंखडाको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय रामेछापका प्रतिनिधि,उमाकुण्ड गाउँपालिका कार्यालय प्रितीका प्रमुख प्रशासकीय अधिकृत अभिनय अधिकारी उमाकुण्ड २ नं वडाका वडा अध्यक्ष खम्बध्वज बस्नेत, प्रहरी चौकी बाम्तिभण्डारका प्रमुख एवम् अन्य पदाधिकारीको उपस्थितिमा बिहिवार अनुगमन भएको हो ।

फार्मेसी, खाद्यान्न तथा किराना,सुनचाँदी, हार्डवेयर, मासु पसल,कस्मेटिक र मोटरसाईकल वर्कशप गरि २२ पसलहरूमा अनुगमन गरिएको हो । अनुगमनको क्रममा नियमविपरीत संचालित २ वटा फार्मेसी पसलहरूमा शिलबन्दी गरिएको छ ।

१ वटा सुन चाँदी पसलबाट निषेधित डिजिटल वेट मेशिन २ थान जफत गरिएको जनाइएको छ । अनुगमनको क्रममा म्याद नाघेका खाद्य तथा अखाध्य सामान/ वस्तुहरू १६ हजार ५ सय ३६ मूल्य वरावरको जफत गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार