रामेछापको खाँडादेवी गाउँपालिकाका एक पुरुष ३ थान बन्दुक र बारुद सहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा खाँडादेवी गाउँपालिका–१ कुलेडाँडाका ५४ वर्षीय नन्दलाल श्रेष्ठ रहेका छन् ।
उनको साथबाट एक नाले भरुवा बन्दुक ३ थान र बारुद जस्तो देखिने धुलो १२५ ग्राम बरामद गरिएको रामेछाप प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सो बन्दुक उनले आफ्नै घरमा लुकाई छिपाई राखेको अवस्थामा फेला पारिएको हो ।
बिहिबार हतियारसहित पक्राउ परेका श्रेष्ठलाई रामेछाप जिल्ला अदालतबाट हातहतियार तथा खरखजाना मुद्धामा म्याद थप गरि अनुसन्धान भईरहेको रामेछाप प्रहरीले जनाएको छ ।