रामेछापको गोकुलगंगा गाउँपालिकाले लोकसेवा तयारी कक्षा संचालन गर्ने भएको छ । पालिकाका नागरिकहरूका लागि लोकसेवा तयारी कक्षा संचालन गर्न लागेको गाउँपालिकाले जानकारी दिएको छ ।
निजामती सेवामा प्रवेश गर्ने चाहना भएर पनि आर्थिक अभावले पढ्न नसकेका गरिब, दलित, द्धन्द्धपीडित, आदिवासी, जनजाति, सीमान्तकृतलगायतका लक्षित वर्गलाई माथि उठाउन छात्रवृत्ति दिएर लोकसेवा पढाउन लागिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले २१ दिने सूचना प्रकाशित गर्र्दै आवश्यक कागजातसहित गाउँपालिकाको कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ ।
साथै पालिकाले सिपमूलक तालिम पनि संचालन गर्ने भएको छ । गाउँपालिकाले पालिका भित्रका युवाहरूलाई स्वरोजगार बनाउने उद्देश्यले चालु आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत कार्यक्रम अन्तर्गत लोक सेवाको तयारी कक्षा र सिपमूलक तालिम संचालन गर्न लागेको एक सूचना मार्फत जानकारी दिइएको छ ।
सूचना हेर्नुहोस :