रामेछाप जिल्लामा ७ सय ७६ घरमा छैन शौचालय

रामेछाप जिल्लामा ७ सय ७६ घरमा छैन शौचालय

मंगलबार(आज) विश्व शौचालय दिवस मनाईदैछ । हरेक वर्ष नोभेम्बर १९ तारिखमा सरसफाइका लागि शौचालयको महत्वबारे चेतान जगाउन विश्व शौचालय दिवस मनाउने गरिन्छ । राष्ट्रिय जनगणना २०७८ का अनुसार रामेछाप जिल्लाका ७ सय ७६ घरमा अझै शौचालय छैन । जिल्लामा सबैभन्दा धेरै शौचालय नहुने पालिका मन्थली नगरपालिका रहेको छ ।

मन्थली नगरपालिकामा अझै १ सय ६६ घरमा शौचालय छैन । रामेछाप नगरपालिकामा १ सय ६५ घरमा शौचाल नरहेको राष्ट्रिय जनगणना २०७८ को तथ्यांकले देखाएको छ । जिल्लाको उमाकुण्ड गाउँपालिकामा ३८,गोकुलगंगा गाउँपालिकामा ५९, लिखु तामाकोशी गाउँपालिकामा २८,खाँडादेवीमा ८१,दोरम्बा शैलङ्गमा १ सय १९ र सुनापती गाउँपालिकामा १ सय २० घरमा अझै शौचालय छैन ।

रामेछाप जिल्ला सहित देश नै खुला दिसामुक्त क्षेत्र घोषणा भएको भएपनि यो कार्यक्रममा मात्रै सिमित रहेको छ । खुला दिसामुक्त देश घोषणा भएको यतिका समय बितिसक्दा पनि रामेछापमा ७ सय ७६ घरमा अझै शौचालय नै छैन । ४६ हजार ४ सय ६६ जनसंख्या रहेको जिल्लामा १.७ प्रतिशत अर्थात अझै ७ सय ७६ घरमा शौचालय नै छैन । ८ वटा स्थानिय तह रहेको रामेछापमा ८५ वटा सार्वजनिक शौचालय रहेका छन । ७२ सय ७८ वटा साधारण शौचालय,फल्स भएको ३६ हजार ७ सय ८३,सार्वजनिक ढल सहितको १५ हजार ४४ वटा शौचालय रहेको तथ्यांकमा उल्लेख गरिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार