रामेछापको रामेछाप नगरपालिका बालमैत्री स्थानिय शासनयुक्त नगरपालिका घोषणाको तयारीमा छ । नगरका ९ वटै वडाहरु बालमैत्री वडा घोषणा गर्न विभिन्न सूचकहरु पुरा गर्ने अभियानमा छन । रामेछाप नगरपालिकाको केन्द समेत रहेको वडा नं ८ रामेछाप बजारले ५१ वटा सूचकमध्ये ३७ वटा सूचक पुरा गरेको छ ।
वडा कार्यालयमा आज सूचक मापन कार्यशाला तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरी सो कुराको जानकारी गराइएको हो । नगरपालिकाको महिला बालबालिका तथा जेष्ठ नागरीक शाखाका प्रमुख बिमला कुमारी शर्माका अनुसार यहि २०८१ चैत्र मसान्तसम्म बालमैत्री नगरपालिका घोषणा गर्न तिव्र रुपमा काम भैरहेको छ । सबै वडाहरुमा ५१ वटा सूचकहरु पुरा गर्न विभिन्न कामहरु भैरहेको उहाँले बताउनुभयो ।