राष्ट्रिय फोटो पत्रकार समुह नेपाल रामेछापले उत्कृष्ट शाखाको पुरस्कार प्राप्त गरेको छ । राष्ट्रिय फोटो पत्रकार समुह नेपालको २७ औँ वार्षिकोत्सब तथा १३ औँ अधिवेशन कार्यक्रमको अवसरमा रामेछाप शाखालाई उत्कृष्ट शाखा घोषणा गरिएको हो ।
खानेपानी मन्त्री प्रदीप यादवले रामेछाप जिल्ला शाखाका अध्यक्ष मिलन घिमिरेलाई सम्मान पत्र प्रदान गर्नुभयो । रामेछाप जिल्ला शाखाले स्थापनाकालदेखि जिल्लामा संस्थाको श्रीवृद्धि,हकहित तथा प्रचारप्रसारमा उत्कृष्ट काम गरेको भन्दै सम्मान गरिएको हो ।
यो सम्मानले जिल्ला शाखालाइ थप काम गर्ने हौसला र प्रेरणा मिलेको रामेछाप शाखाका अध्यक्ष मिलन घिमिरेले बताउनुभयो ।