बिपी राजमार्गमा साँझ ६ देखि बिहान ५ बजेसम्म सवारी साधन सञ्चालन गर्न नपाइने

बिपी राजमार्गमा साँझ ६ देखि बिहान ५ बजेसम्म सवारी साधन सञ्चालन गर्न नपाइने

बिपी राजमार्गमा अबदेखि साँझ ६ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन सञ्चालन गर्न नपाइने भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागको सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौं, सडक डिभिजन खाल्टेले सूचना निकालेर साँझ ६ देखि बिहान ५ बजेसम्म सडक बन्द रहने उल्लेख गरेको छ ।

बिपी राजमार्गको बर्दिवास–सिन्धुली–बर्खे खोला सडकखण्ड ट्र्याक मर्मत तथा स्तरउन्नती गर्न बन्द गर्ने निर्णय भएको सूचनामा उल्लेख छ ।

बिपी राजमार्गको नेपालथोक–बर्खेखोला सडक करिब ४ किलोमिटर बाढीले बगाएपछि नयाँ ट्र्याक खोलेर साना सवारी साधन सञ्चालन गरिएकोमा अब नियमित रुटमा चल्ने गाडी गुडाउन दिने भएको छ । तर साँझ ६ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन सञ्चालनमा पूर्ण रूपमा रोक लगाइएको हो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार