जिल्ला प्रहरी कार्यालय रामेछापले ६९ औँ प्रहरी दिवस विभिन्न कार्यक्रमका साथ मनाइएको छ । बुधबार जिल्ला प्रहरी कार्यालय रामेछापले विशेष कार्यक्रम आयोजना गरि प्रहरी दिवस मनाएको हो ।
विहानको पहिलो सत्रमा प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेलको उपस्थितिमा गरिएको कार्यक्रममा अमर शहिदहरु प्रति श्रद्धान्जलि दिएर दिवस मनाईएको थियो । त्यसैगरि कार्यक्रमको दोस्रो सत्र भने औपचारीक कार्यक्रमका विच भएको थियो । उक्त औपचारीक कार्यक्रम प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलको अध्यक्षता तथा जिल्ला समन्वय समिति रामेछापका उपप्रमुख प्रेम वहादुर थापाको प्रमुख आतिथ्ययतामा कार्यक्रम गरिएको थियो ।
जिल्लाभरिका सबै गाउँपालिकाका प्रमुख,उप प्रमुख,वडा अध्यक्ष लगायतका जन प्रतिनिधि,नेपाल पत्रकार महासँघ लगायत स्थानिय सँचार माध्यमका प्रतिनिधि र जिल्ला स्थित नागरिक सँघ सँस्था सरकारी कार्यालयका प्रमुख र भुत पुर्व प्रहरी सँगठन र अमर प्रहरी परिवार समेतलाई आमन्त्रण गरि दिवसलाई भब्य र सभ्य बनाउने प्रयत्न प्रहरि कार्यालयले गरेको थियो ।
कार्यक्रमको आरम्भमा प्रमुख अतिथि थापालाई प्रहरीको एक टुकडीले सम्मान गारत अवर्ण गरेको थियो । सम्मान गारत अर्पण पछि दिवसको अवसरमा उत्कृष्ट काम गर्ने प्रहरी कर्मचारीहरुमध्ये प्रहरी निरिक्षक विश्व नाथ यादव लगायतका आधा दर्जन कर्मचारीलाई पुरस्कृत गरिएको थियो । त्यसैगरि दिवसका अवसरमा सँचालन गरीएको विभिन्न खेल विधामा उत्कृष्ठ खेल खेलेर विजयी हुने प्रहरी कर्मचारीहरुलाई पनि पुरस्कृत गरिएको थियो ।
त्यसैगरि कार्यक्रमका अवसरमा समाजको शान्ति सुरक्षा अमन चयन कायम र प्रहरीको सेवा प्रवाहमा उत्कृष्ट र सकरात्मक सहयोग गरेको भन्दै नागरिक स्तरका विभिन्न संस्थाहरूलाई पनि प्रशंसा पत्र प्रदान गरिएको थियो । प्रशँसा पत्र पाउनेहरुमा नेपाल पत्रकार महाँसंघ,रामेछाप उद्योग वाणिज्य सँघ,मन्थली अस्पताल,सामुदायीक प्रहरी,भुत पुर्व प्रहरी सँगठन र शान्तिद्धिप युवा कल्व लगायतका सँस्थाहरु रहेका छन् ।
कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति रामेछापका उपप्रमुख प्रेम वहादुर थापाले नेपाल प्रहरीले शान्ति सुरक्षा अमन चयनमा खेलेको भूमिकाको प्रशंसा गर्नु भएको थियो । उहाँले सीमित स्रोत र जनशक्तीका बिच पनि प्रहरीले अनुकरणीय काम गरेको भन्दै त्यसका लागि सिङ्गो संगठन र त्यसको नेतृत्वलाई धन्यवाद पनि दिनु भयो । सो अवसरमा गोकुलगंगा गाउँपालिका अध्यक्ष काजीबहादुर खड्काले प्रहरीको विश्वासमा राज्य र समाज टिकेको भन्दै प्रहरीका हरेक सदस्य हरुले संवेदनशील र ईमान्दार भएर काम गर्नु पर्ने धारणा ब्यक्त गर्नुभयो ।
कार्यक्रमका अवसरमा रामेछाप नगरपालिका उपप्रमुख बालाकुमारी कार्कीले मुस्कान सहितको सेवा प्रवाहमा लागेको प्रहरीले नागरिकसँगको सम्बन्धलाई थप समन्वयी बनाउनु पर्ने आवश्यक्ता औल्याउनु भयो । उहाँले नागरिकको शान्ति सुरक्षा अमन चयनको सँस्थागत विकासका लागि पनि प्रहरिको भूमिका अहं हुने भएकाले यसमा सबै क्षेत्रको सहयोग भने आवश्य पर्नै धारणा पनि ब्यक्त गर्नु भयो ।
औपचारीक कार्यक्रमका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले प्रहरीले समाजकोे शान्ति शुरक्षा अमन चयन र विपदको समयमा खेलेको भूमिकाको प्रशँसा गर्दे उसले आफुलाई थप जिम्मेवार भएर समजमा भूमिका निर्वाह गर्न पनि आग्रह गर्नु भयो । उहाँले प्रहरीको सफलतामा समाजका सबै क्षेत्रको भूमिका जोडिएकोले यसका लागि सवै क्षेत्रलाई सहयोग गर्न आग्र्रह गर्नु भयो । सो अवसरमा वहाँले कानून हातमा लिएर हिड्ने छुट कसैलाई पनि नभएको भन्दै नागरिकको सुरक्षा र मानव अधिकार संरक्षणको कुरामा कुनै सम्झौता नगरि काम गर्न पनि प्रहरी सँगठनलाई निर्देशन दिनु भयो ।
कार्यक्रममा आफनो शुभकामना मन्तब्य दिदै नेपाल पत्रकार महांसँघ रामेछापका अध्यक्ष वद्री नयाँघरेले नागरिकको सुरक्षामा प्रहरीले खेलेको भुमिका उत्कृष्ठ रहेको भन्दै यसका लागि प्रशासन,जन प्रतिनिधि र नागरिक समाजको भूमिका पनि उत्तिकै महत्वपुर्ण हुने भएकोले सवै क्षेत्रलाई यो अभियानमा जिम्मेवार भएर लाग्न पनि आग्रह गर्नु हुँदै आफनो सँस्था नेपाल पत्रकार महाँसघलाई पनि प्रशंसा पत्र प्रदान गरेकोमा नेपाल प्रहरी परिवारलाई धन्यवाद पनि दिनु भएको थियो ।
सो अवसरमा मन्थली नगरपालिकाका प्रवक्ता गोपाल श्रेष्ठले समाजमा शान्ति, सुव्यवस्था कायम गर्न सबैको समान भूमिका हुने भन्दै यसकालागि प्रहरीलाई समाजको सबै क्षेत्रको सहयोग आवश्यक पर्ने भन्दै प्रहरीले आफना भूमिकालाई थप क्रियाशिल र मजवुुद बनाउँदै अघि बढ्नु पर्ने धारणा राख्नु भयो ।
दिवसका अवसरमा प्रहरी निरीक्षक कौशल न्यौपानेले सहभागी सबैलाई स्वागत गर्नुभएको थियो भने जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक प्रदीपकुमार सिंहले प्रहरी महानिरीक्षकले पठाउनु भएको शुभकामना सन्देश पढेर सुनाउनुभएको थियो ।