बोलेरो दुर्घटना अपडेट,घाइतेहरुको पहिचान खुल्यो

बोलेरो दुर्घटना अपडेट,घाइतेहरुको पहिचान खुल्यो

रामेछापको मन्थली नगरपालिका वडा नं ५ सुनारपानीमा बोलेरो गाडी दुर्घटना भएको छ ।

आज(आइतबार) दिउँसो सदरमुकाम मन्थलीबाट वडा नं ४ सालु जाँदै गरेको बा १८ च १८३९ नम्बरको बोलेरो गाडी दुर्घटनामा परेको हो । गाडी दुर्घटनामा परी वडा नं ४ सालुका वडा सदस्य पदम माया नेपालीको मृत्यु भएको वडा नं ५ का वडाअध्यक्ष नविन कार्की (रबिन) ले बताउनुभयो ।

दुर्घटनामा ५ जना घाइते भएका छन । घाइतेहुनेहरुमा मन्थली नगरपालिका ४ का वर्ष ३४ की सिता नेपाली ,वर्ष २५ की सुजिता रसाइली, वर्ष २५ की सरिता नेपाली,वर्ष ६९ को दिलिप कुमार बरुवाल र बोलेरो चालक वर्ष ४२ को गुण कुमार थापा मगर रहेका छन ।

५ महिने बालिका भने सकुशल रहेको बताइएको छ । गम्भिर घाइते दिलिप कुमार बरुवाल र बोलेरो चालक गुण कुमार थापा मगरलाई थप उपचारको लागी काठमाण्डौँ पठाइएको छ ।

बाँकी ३ जना घाइतेको रामेछाप सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको कारण भने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रदिप कुमार सिंहले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार