रामेछापको दोरम्बा शैलुङ्ग गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत

रामेछापको दोरम्बा शैलुङ्ग गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत

रामेछापको दोरम्बा शैलुङ्ग गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत तोकिएका छन् । दोरम्बा शैलुङ्ग गाउँपालिकामा समीर रेग्मीलाई खटाउने निर्णय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको हो । यस अघि दोरम्बा शैलुङ्ग गाउँपालिकामा नरेश महतो प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्थ्यो ।

एकै पटक एक सय गाउँपालिकाले पाए प्रमुख प्रशासकीय अधिकृतको पदस्थापन 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १०० वटा गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको पदस्थापन गरेको छ । पछिल्लो पटक शाखा अधिकृतमा नियुक्त १०६ जनामध्ये १ सय जनालाई विभिन्न पालिकामा खटाइएको मन्त्रालयले जनाएको छ ।

अझै २३ वटा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विहिन रहेका छन् । ती गाउँपालिकामा पनि जतिसक्दो चाँडै प्रमुख प्रशासकीय अधिकृत पठाउने तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सहसचिवको दरबन्दी रहेको ६ महानगरपालिकामा नै पदपूर्ति रहेको छ भने सहसचिवकै दरबन्दी रहेको ११ उपमहानगरपालिका मध्ये एउटा उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको पद रिक्त छ ।

यस्तै, २७६ नगरपालिकामा उपसचिवको दरबन्दी रहेकोमा १४६ नगरपालिकामा पदपूर्ति भइसकको छ भने १३० नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको पद रिक्त छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार