सेजल एण्ड सिस्टर फाउण्डेसनद्वारा वृद्धहरुको गाँस, बास र कपासको व्यवस्था गर्दै संयुक्त गृह शिलान्यास

सेजल एण्ड सिस्टर फाउण्डेसनद्वारा वृद्धहरुको गाँस, बास र कपासको व्यवस्था गर्दै संयुक्त गृह शिलान्यास

भदौ, २५ । झापाको बेलडाँगी शिविर र मोरङको पथरी शनिश्चरे क्याम्पमा सेजल एन्ड सिस्टर फाउण्डेसनद्वारा एकल, वृद्धवृद्धा र अशक्तहरुको लागि खाने बस्ने संयुक्त गृहको गत साता शिलान्यास भएको छ । पुनर्वासका क्रममा तेस्रो मुलुक संयुक्त राज्य अमेरिका बस्दै आउनुभएका समाजसेवी मेघ सुवेदी अमेरिकादेखी नेपाल आएर क्याम्पमा विविध कारण वृद्ध अवस्थामा कष्टकर जीवान यापन गर्दै आएका सामान्य सरसफाई र खाना बनाएर खान सम्म पनि अरुको मद्दत चाहिनेहरुको लागि संयुक्त गृह निर्माणका लागि शिलान्यास गरिएको छ ।

बेलढाँगी शिविरमा रहेका एकल, वृद्धवृद्वा र अशक्तहरुलाई एकै ठाउँमा आफ्नो आफ्नो छाप्रा नम्बर सहित एकै ठाउँमा राख्ने योजना अन्तर्गत फाउण्डेसनका संस्थापक मेघ सुबेदी र अध्यक्ष योगेश नेपालले संयुक्त गृहको शिलान्यास गर्नुभएको थियो ।

बेलडाँगी र पथरी शनिश्चरे शिविरमा कमजोर आर्थिक अवस्था र पाको उमेरको कारणले एकल जीवन बिताउन बाध्य वृद्धवृद्वाको भूटानी शरणार्थी महिला मञ्चद्वारा सेजल एण्ड सिस्टर फाउण्डेसनको आर्थिक सहयोगमा  सरसफाई कार्यक्रमको भिडियो मेडियामा हेरीसकेपश्चात आफू त्यो पीडादायी अवस्थाले हृदयमा ठूलो आँँधीबेरी ल्याएको हुँदा तुरुन्त नेपाल आएर संयुक्त गृह कार्य्रक्रमको घोषणा गरेको संस्थाका संस्थापक मेघ सुवेदीले बताउनुभयो । यसै बीच संयुक्त गृह निर्माणको कार्य द्रुत गतिमा अगाडि बढाउने क्याम्प सचिवद्वय सन्चहाङ सुब्बा र करण राइले जानकारी गराउनुभएको छ ।

एकल, वद्धवृद्वा र अशक्तहरुको संयुक्त आवास निर्माण  कार्यक्रम अत्यन्त आवश्यक र लाभदायक देखिन्छ । एकल वृद्धवृद्धाको जीवन यापन अहिले अरुको आशामा नै बितिरहेको छ । उनीहरु भरे कसले हेर्ने भोली को आएर हेर्ने भन्ने अवस्थामा नै अन्त्यन्त कष्टकर जीवन बिताउन बाध्य भएका छन् ।

सेजल एण्ड सिस्टर फाउण्डेसनले लामो समय देखी विभिन्न सामाजिक सेवाका क्षेत्रमा काम गर्दै आएको छ । समाजसेवी मेघ सुवेदी भन्नुहुन्छ, “सेवाही परामो धर्म ।” “परोपकार पुण्याय” । हामीले नगरे कस्ले गर्छ ? अहिले नगरे कहिले गर्ने ? अतः संसारको सबैभन्दा ठूलो धर्म भनेकै सेवा हो । पञ्चतत्वबाट निर्मित शरीर भएको हुँदा हामी सबैले पञ्चदाममध्ये कुनै पनि दान गर्नु सक्छौं । तन, मन, धम, वचन र कर्मले जो जसले, जहाँ जहाँ जे जति सकिन्छ अप्ठ्यारोमा परेका हर कोहीलाई मद्दत गरौं । परोपकारी हातहरु फैलाएर आउँदो पुस्ताको लागि सत्कर्मको बीज रोपौं । साना साना नानीबाबुहरुले पनि हामीले गरेको देखेर सिक्दै जानेछन् । उनीहरुले जे सिक्दछन् पछि गएर त्यही नै संस्कार बन्नेछ । मानव जीवनको लागि असल संस्कार नै सबैभन्दा ठूलो सम्पति हो ।”

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार