हरितालिका तीज हिन्दू नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड हो । यो चाड भाद्र शुक्ल द्धितियादेखि पञ्चमी सम्म ४ दिन मनाइन्छ । यसलाई छोटकरीमा तिज मात्रै पनि भनिन्छ ।तीजमा भगवान शिवको आराधना गरिनुका साथसाथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ । तिज पर्व नेपालि महिलाहरुको पारम्परिक पर्व हो, जसमा तिहार, छठ, दसैँ आदि पर्वहरू जस्तै धूमधाम सँग मनाउने चलन छ । यस पर्वको महत्त्व नेपालको संस्कृति र पर्व पर्वको विशेष रूपमा हुन्छ। विशेषतः यो पर्व महिलाहरुको पर्वको रूपमा मनाइन्छ ।
भगवान शिवकी अर्धाङ्गिनी हिमालय पुत्री पार्वतीले भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै वाधा उत्पन्न नहोस् भनेर पहिलो व्रत राखेकी थिइन् त्यो दिन यही हरितालिका तिजको दिन थियो त्यसै दिन आजसम्म हिन्दु नारीहरूले यो पर्व मनाउँदै आएका छन् भन्ने किंवदन्ती छ । शिव मन्दिर तथा देवालयहरूमा मेला लाग्छ नाचगान गरिन्छ। यो चाडमा माइतीले छोरी/चेली लाई घरमा बोलाएर मीठा–मीठा परिकार ख्वाउने तथा मनका भावना एवं सुखदुख साटासाट गरी एउटै ठाउँमा खाने–बस्ने चलन छ त्यसैले यो चाडलाई चेली र माइतीको चाड पनि भनिन्छ । नेपाली महिलाहरू तिज पर्वको अवसरमा परिवारको लागि समृद्धि, सुख,र साझा खुसीको कामना गर्दछन् । विवाहित महिलाहरूले आफ्ना श्रीमानको दीर्घायु सुस्वास्थ्यको कामना गर्दै निराहार व्रत बस्दछन् ।
यस प्रकार,तिज पर्वले नेपाली महिलाहरूलाई परिवार र सङ्गठनका रूपमा र उनीहरूको संस्कृति, पर्व र परिवारका बिच सम्बन्ध जोड्नमा महत्त्वपूर्ण भूमिका खेल्दछ । यो पर्व नेपालमा महिलाहरूको लागि महत्त्वपूर्ण एक पर्व हो जसमा महिलाहरू आफ्नो जीवन साथीको दीर्घायु र सुख स्वास्थ्य र समृद्ध जीवनको लागि महादेवको पूजा गर्दछन्।उपवास गर्दछन्, व्रत राख्दछन्,यस पर्वमा महिलाहरू पतिका लागि दृढ आशीर्वाद प्राप्त गर्दछन् र परिवारको मन सम्मान इज्जत अझै बढाउने आशा गर्दछन्।आफ्नो विशेष आभूषण प्रयोग गर्दछन्,भोजन पार्टी गर्दछन् ।
तिज पर्व नेपालको समृद्धि, परिवारको एकता, र समाजमा महिलाहरूको महत्त्वपूर्ण भूमिका प्रतिष्ठापित गरेको छ। यस पर्वले महिलाहरूको धैर्य, प्रेम, र परिवारको महत्वलाई पुनर्मुल्याङ्कन गर्दछ र उनीहरूलाई समाजमा महत्त्वपूर्ण स्थान प्रदान गरेको छ । तिज पर्वले नेपाली महिलाहरूलाई उनीहरूको साहस, समर्पण, र परिवारमा समृद्धि गर्ने प्राथमिकतामा प्रेरित गर्दछ। यसले पर्वका माध्यमबाट नेपाली महिलाहरूको सांस्कृतिक औपचारिकता र परिवारका बिचको सम्बन्धलाई प्रकट गर्दछ ।
तिजमा, महिलाहरूले तिजको रोजा तिजको चुरा, पोते, सारी,गरगहना फूल, र अरू आकर्षक सजावट गर्दछन्। तिजमा सुगन्धित पुष्पहरूको वृद्धि भएकोले महिलाहरूले नेपालको प्राकृतिक सौन्दर्यलाई पनि अधिक महत्त्व दिन्छन् । यस प्रकार, तिज पर्व नेपाली महिलाहरूको साहस, समर्पण, र परिवारमा सुख–शान्ति रूपमा चित्रण गरिएको छ ।
सामाजिक सशक्तिकरणः हरितालिका तिजले महिलाहरूलाई सामाजिक रूपमा पनि सशक्त बनाउँदै छ, उनीहरूको जीवनमा आफ्नो अधिकार र दर्जा बढाउँदै छ ।
परिवारको बनावटः यस पर्वमा महिलाहरू परिवारको लागि प्राथमिकतामा आउँछन्, उनीहरूले आफ्नो जीवन साथीको लागि दीर्घायु चाहन्छन् र परिवारको अझै सुखी बनाउँछन्।
सौन्दर्य र दिनचर्याः महिलाहरूले हरितालिका तिजको अवसरमा सौन्दर्य र दिनचर्यामा ध्यान दिन्छन्, उनीहरूले आफ्नो आभूषण लत्ताकपडा र सौन्दर्यमा विशेष ख्याल गर्ने गर्दछन्।
हरितालिका तीज नेपालको महिला संगठनले महिला एकता र महिला अधिकार र सशक्तिकरणको साझा अवधारणाको लागि राम्रो अवसर पनि प्रदान गरेको छ, यस हिसाबले हरितालिका तीज महिलाका लागि सामाजिक, सांस्कृतिक र पारिवारिक रूपमा महिलाको पक्षमा काम गर्ने महत्वपूर्ण अवसर हो । सामाजिक सशक्तिकरण र समृद्धि।
खार्चीलो र भडकिलो तिजः “खर्चिलो तिज” बुढिण्डा, पर्वको अवसरमा धन मनाइन्छ, “भडकिलो तिज” प्रकृति र विशालताको उत्सव मनाइन्छ। पर्वको मुख्य उद्देश्य महिला–पुरुष सम्बन्धलाई महत्वपूर्ण प्राथमिकता दिई सामाजिक परिवर्तनको अवसर प्रदान गर्नु रहेको छ । “खर्चीलो“ र “भडकिलो तिज“ बीचको छनौट व्यक्तिगत परिप्रेक्ष्य र तपाइँको परिवारको सांस्कृतिक, आर्थिक र सामाजिक सिद्धान्तले निर्धारण गर्दछ।
खर्चिलो तिज : खर्चिलो तिजले पर्वले परम्परागत प्राथमिकतामा परिवर्तन गर्दै महिलाको आवश्यकताप्रति महिलालाई थप सचेत गराएको छ । चाडपर्वका दिनमा महिलाहरू रमाइलो पार्टीहरूमा जान्छन् जसमा चाडपर्व मनाउने र अरूलाई देखाउने नाममा विनाकारण लाखौं रुपैयाँ खर्च गरिन्छ। जसका कारण आर्थिक ब्यवस्थापनलाई लिएर पारिवारिक तनाव, व्यक्तिगत कलह, कुरकुरा र घटनाले ज्यान लिने अवस्थासम्मको देख्न र सुन्न पाइन्छ ।
भडकिलो तिज : भडकिलो तिजले परिवार र समाजमा पारिवारिक प्राथमिकतामा आएको परिवर्तनलाई देखाउँछ। पुराना मौलिक लोक परम्पराहरू नेपाली भाषाभन्दा पनि बढ्दै गएका छन्, हाम्रो मौलिक परम्परा संस्कृत लोप हुँदै गएको छ जसले हामीलाई कमजोर बनाउन थालेकाहरुलाई विशेष महत्व दिन थालेको छ । १० वर्ष अगाडि, उज्यालो, न्यानो र उत्साहका साथ आजको संसारलाई पराजित गरौं।
महिला समाजमा सामाजिक–सांस्कृतिक र धार्मिक समानताको प्रतीकका रुपमा रहेका परम्परागत रीतिरिवाज र दृष्यलाई अद्यावधिक गर्दै खर्चिलो तिजले र भडकिलो तिजले तिजले पर्वलाई कमजोर बनाउँदै लगेको छ । सामाजिक सुधारका लागि तीज पर्वको नकारात्मक पक्षमाथि प्रश्न उठेको छ । यसले समाजमा महिला सशक्तिकरण र समाजमा उनीहरूको महत्त्व, सावधानीका साथसाथै बौद्धिक प्रगतिको लागि आह्वान गर्दछ। यस पर्वको मुख्य उद्देश्य पतिको सुरक्षा, खुशी र आनन्द ल्याउनु र महिलाको शक्तिशाली भूमिकालाई उजागर गर्नु हो। र आजको सामाजिक परिप्रेक्ष्यमा, समाजले प्रदान गरेका नियम र परम्पराहरूले महिलाहरूको आवश्यकतालाई बेवास्ता गरेको छ।
तीज पर्वका नकारात्मक पक्षहरूले यस पर्वको प्राथमिकतालाई परिवर्तन गरेको छ र यसका परम्परागत मूल्यमान्यता र प्रचलनमा परिवर्तन भएको छ, तीजको पक्षमा महिलाको पतिको दीर्घायु र खुशीलाई दिइने पूजा र प्राथमिकतामा परिवर्तन भएको छ। तिजको पर्वले नेपालमा महिलाको सामाजिक हैसियत र मान्यताको प्रतीक हो तर नकारात्मक पक्षमा तीजले केही सार्वजनिक चुनौती र नकारात्मक पहिचानको पनि सामना गरिरहेको छ ।
वर्षौंदेखि हाम्रा दिदीबहिनीहरूले तीज मनाउने क्रममा आफ्नो संस्कृति पछ्याए। अहिले संस्कृति र परम्पराको विकृति मौलाएको छ । महिनौंदेखि खानाको नाममा मदिरा सेवन गरेको पाइएको छ । यस्ता विकृतिले हाम्रो मौलिक प्रकाशमा नकारात्मकता बढाउँछ। व्रत बस्ने र भगवानको आराधना गर्ने, सकारात्मक पक्ष हो भने महँगो साडी लगाउने, नकारात्मक पक्ष हो भने गरगहना देखाउन हतार हुन्छ । धनी परिवारका महिलाले यस्तो चहलपहल गर्छन्, गरिब जनताले ऋण लिएर यस्तो चहलपहल गर्नु साह्रै दुःखको कुरा हो । चाडपर्वको नाममा सकारात्मक वा नकारात्मक नभई आलोचना गर्नु सबैभन्दा नराम्रो पक्ष हो । यसले चाडपर्वको शालीनतालाई बिगारेको छ, जसको कारण तीज दिनप्रतिदिन बिग्रँदै गएको छ ।
नेपाली महिलाहरुको महान् पर्व भन्दै गर्दा कतै आफ्नो मौलिकता नै गुमाउन थालेको त होइन तीजले भन्ने प्रश्न पनि जनमानसमा गुन्जिन थालेको देखिन्छ । विशेष गरी महिलाले मनाउने चाडको रूपमा आफ्नो पहिचान बनाउन पुगेको तीजमा महिलाहरूसँगै पछिल्लो समय पुरुषको सहभागिता पनि बढ्नथालेको छ । पुरुषको पनि सहभागिता बढ्नु आफैँमा नराम्रो पक्ष होइन ।आधुनिक समाजमा तीजको महत्वलाई जुन रूपमा व्याख्या गरिए पनि यो पौराणिक कालदेखि चलिआएको एउटा परम्परागत संस्कृति हो ।
तत्कालीन समयको नेपाली समाजमा एउटी छोरीले विवाहपछिको समय माइती घर छोडेर घरमा बिताउनुपर्ने, घरमा सासू ससुरा देवर जेठाजु नन्द आमाजू को हेला हेपाहा प्रवृत्ति र गरिने व्यवहारलाई केही दिन भने पनि छुटकारा पाएर रमाउने बाल्यकालका साथिसंगि भेट्ने । माइत आउने दुःख बिसाउने, पिर मर्का साथीसंगीलाई सुनाउने मिठो मसिनो खाने, दुःख पोखेर मन हलुका पार्ने, सुख बाँडेर रमाइलो गर्ने पर्वको रूपमा विकसित हुँदै आएको एउटा संस्कार हो तीज । आधुनिक समाजमा तिज मनाउन पार्टी प्यालेसमा टिकट सिस्टममा दर खाने, महिनौँ अगाडिदेखि तीज मनाउने प्रचलन बढ्दै गएको सहर बजारमा देखिन्छ तर यो चलन गाउँघरमा पनि देखिन लागेको छ सहरी हावाले हाम्रो मौलिकता लुटिरहेको छ ।
यसमा आयस्ता कमजोर भएका महिलाहरूलाई आर्थिक बोझले थिचिरहेको छ। जसले सामान्य रूपमा चलिरहेको जीवनशैलीलाई असन्तुलित पार्ने गरेको छ । दिदीबहिनी भेला हुनु, दुःखसुखका कुरा गर्नु आफैँमा राम्रो कुरा हो । यसबाट समाधानको उपाय पनि निस्किन सक्छन् । तर तँभन्दा म केमा कम भन्ने शैलीमा मनाइने गरिँदा पछिल्लो समय तीज कार्यक्रममा भने संयम अपनाउनु आवश्यक देखिन्छ । व्यावसायिकताका नाममा विभिन्न किसिमका भड्किला गीतहरू धेरै आउन थालेका छन् ।
तीजलाई यसरी तडकभडकका साथ मनाउनु आवश्यक छैन, यसले त केवल विकृति मात्र निम्त्याउँछ हाम्रो संस्कार संस्कृत लाई लोप गराई पश्चिमी संस्कारमा रमाउने परिपाटीले मौलिकता र महत्त्व हराएको छ । आजभोलि तीजका ‘टिपिकल’ गीतभन्दा पनि भड्किला किसिमका गीतहरू बजारमा धेरै पाइन्छ । यसले बजारमा आफ्नो स्थान लिन थालेसँगै हाम्रो तीजको मर्म र अस्तित्व नै सङ्कटमा हामी आफैले परिरहेका छौँ । तीजको धार्मिक, सामाजिक सांस्कृतिक महत्वलाई अर्को पुस्ताले बुझ्न पाउने कि नपाउने भन्ने प्रश्न पनि खडा हुन थालेको छ।
तीजका रहरहरू कसैको देखासिकी र कहरहरूमा परिणत गर्दै मौलिकतालाई मासेर तीज मनाउँदै गर्दा हामीले तीजको वास्तविक मजा लिनै सक्दैनौँ यस्तो कार्यबाट हाम्रो संस्कार संस्कृति परम्परा र चाडपर्व लोपोन्मुख भएका छन् । हाम्रो परम्परा र संस्कारको जगेर्ना गर्न तपाईँहरू तमाम दिदीबहिनी र आमाहरूको महत्वपूर्ण भूमिका रहन्छ । भगवान शिवले सबै जनामा सद्वबुद्धी दिउन् कल्याण गरुन् ।
लेखक : केदार कार्की सीनियर वेटेरिनरियन।