बिस्कुट उद्योग चलाइरहेकी तारा देवीको सफलता र संघर्ष

बिस्कुट उद्योग चलाइरहेकी तारा देवीको सफलता र संघर्ष

रामेछापको रामेछाप नगरपालिका वडा नं ८ लामागाउँमा जन्मिएकी तारा देवी श्रेष्ठको चार जनाको परिवार छ । उनलाई पैसा आवश्यकता परेको बेला आफन्तले सापटी नदिएको कारण व्यवसायमा लाग्ने प्रेरण मिल्यो । उनले रामेछाप बजारमा ताम्राकार बेकरी उद्योग संचालन गरेकी छिन् ।

उनको श्रीमान पहिला देखी नै विष्कुट कारखानामा काम गर्दै आएकाले पनि उनले श्रीमानको सहयोमा विष्कुट उद्योग संचालन गर्ने निर्णय गरीन् । उनलाई सो उद्योग संचालन गरे देखी पैसाको कमी पनि भएन । उनले यो उद्योग संचालन गरेको साढे दुई वर्ष भईसकेको छ ।

आफ्नो घर नजिकै भएकाले उनलाई काम गर्न पनि सहज भएको छ । १ लाख रुपैया बाट सुरु गरेको उद्योगले अहिले ३ जनालाई रोजगारी दिएको छ । आफ्नो जीवन चलाउन कुनै बेला पैसाको भिक माग्दै हिड्ने तारादेवीले अहिले मासिक ४ लाख रुपैयाँसम्म आम्दानी गर्छिन् । श्रीमानको सिपले गर्दा आफ्नो जीवन नै परिवर्तन हुँदा तारा निकै खुशी छिन ।

मान्छे ठुलो कामबाट भन्दा पनि साना कामहरुमा नै खुसि र अडिक हुन सिक्नु पर्छ । तारादेवी दिनभरी आफ्नो श्रीमानसंगै काम गर्छिन र साँझसंगै घर फर्किन्छीन् । उनको सानो एक छोरा र एक छोरी छन् । दुई सन्तानलाई साथमा लिएर आफ्नो काममा जान्छिन् । आफुले दुख गरेर केही गर्छु भनेर अगाडि बढ्दै गर्दा कसैले राम्रो भन्छन् त कसैले नराम्रो भन्छन् । तर अहिले उनी त्यस्ता कुरालाई वास्ता नै नगरि निरन्तर आफनो कर्ममा लागेको बताउछिन् ।

उनी भन्छिन् ‘विदेश जाने धेरै महिलाहरु पनि छन्् तर विदेश गएर अरुको गाली खाएर मरुभुमिमा पसिना बगाएर कमाएको धन भन्दा नेपालमै बसेर कमाएको धन प्यारो लाग्छ । यो काम गरेर उनलाई नराम्रो भन्दा पनि गर्व लाग्छ । म महिला भएर पनि नेपालमै बसेर यस्तो काम गर्नु खुसिको कुरा हो’ उनि भन्छिन् । उनि यो काम बाट धेरै सन्तुष्ट छिन् । उनि भन्छिन रामेछापमा मात्रै पाईने यो विष्कुट कोसेलीको रुपमा धेरै बिक्ने भएकाले बजारको समस्या छैन । माग अनुसारको उत्पादन गर्न भने समस्या रहेको उनिले सुनाईन् ।

यो विष्कुट आगोको रापमा पोलिने हुँनाले धेरै गुलियो र स्वादिष्ट पनि छ । रामेछापका हरेक मानिसले चियाको चुस्किमा विहान होस् या बेलुका यहि विष्कुटलाई मन पराउछन् । बजारमा ताम्राकार विष्कुटको माग धेरै हुँदा खुसि लाग्छ, चार्डपर्वको बेलामा कोशेलीको रुपमा विष्कुट धेरै जाने भएकाले ४ जनाले काम गर्दा पनि भ्याईदैन् तारा भन्छिन् । स्थानिय सरकारले आफनो व्यवसायमा सहयोग नगर्दा उनलाई दुख लाग्छ ।

यो विष्कुट मेसिनबाट भन्दा पनि हातले बनाएर आगोमा पकाईन्छ । उनले यो विष्कुट एक प्याकेटको ९० रुपैयामा बिक्रि गर्छिन् । बजारमा पुगेपछि यो बिस्कुट १०० रुपैयामा बिक्रि हुन्छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार