मिल्ती खोलामा आएको बाढीले लाखौँको क्षति

मिल्ती खोलामा आएको बाढीले लाखौँको क्षति

रामेछाप र दोलखा जिल्लाको सिमानामा रहेको मिल्ती खोलामा आएको अविरल वर्षा पछिको बाढीले लाखौँको क्षति भएको छ । शनिवार बेलुका करिब ८ बजे तिर आएको बाढीले युवराज खत्री, सरोज तामाङ, विकास मगर, गणेश खड्का, देवेन्द्र मगरको घर टहरा बगाएको हो ।

रामेछाप र दोलखाको सिमानामा रहेको मिल्ती खोलाले कपडा पसल र किराना पसलको सामाग्री बगाउँदा लाखौँको क्षति भएको हो । क्षतिको पुरा विवरण भने आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक कौशल न्यौपानेले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार