रामेछापमा पहिरोमा पुरिएका ६ जनाको शव फेला,४ जना अझै बेपत्ता

रामेछापमा पहिरोमा पुरिएका ६ जनाको शव फेला,४ जना अझै बेपत्ता

रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ लेखखर्क स्थित पहरी गाउँमा पहिरोमा पुरिएर बेपत्ता भएका ६ जनाको शव फेला परेको छ । गएराति सो क्षेत्रमा झरेको ठूलो पहिरोले ४ घर बगाएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक कौशल न्यौपानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार ६ जनाको शव फेला परेको छ भने एक जना घाइतेको उद्धार गरीएको छ । सोही ठाउँकी वर्ष ३० की चण्डिका श्रेष्ठ,उनको १८ महिने छोरा आमुश श्रेष्ठ,वर्ष ५७ की उर्मीला पहरी,वर्ष ३० को सन्दिप पहरी,वर्ष १४ को विज्ञान पहरी र वर्ष ११ को सन्तोष पहरीको शव फेला परेको हो ।

अझै ४ जना बेपत्ता रहेका छन । घाइते वर्ष ११ की अन्जना श्रेष्ठको स्थानिय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरी निरीक्षक न्यौपानेले जानकारी दिनुभयो । घटनास्थलमा नेपाली सेना,नेपाल प्रहरी र स्थानियले खोजी कार्य जारी राखेका छन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार