रामेछापमा पहिरोमा पुरिएका दुईजनाको शव फेला,एक जना घाइतेको उद्धार

रामेछापमा पहिरोमा पुरिएका दुईजनाको शव फेला,एक जना घाइतेको उद्धार

रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुर लेखखर्कमा पहिरोमा पुरिएर दुई जनाको ज्यान गएको छ । गएराति सो क्षेत्रमा झरेको ठूलो पहिरोले केही घरहरु बगाएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक कौशल न्यौपानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार २ जनाको शव फेला परेको छ भने एक जना घाइतेको उद्धार गरीएको छ । सोही ठाउँकी वर्ष ३० की चण्डिका श्रेष्ठ र १८ महिने बालक आमुश श्रेष्ठको शव फेला परेको छ । घाइते अन्जना श्रेष्ठको उद्धार गरी अस्पताल पठाइएको प्रहरी निरीक्षक न्यौपानेले जानकारी दिनुभयो ।

पहिरोले ४ घर बगाएको उहाँले बताउनुभयो । पहिरोले के कति क्षति भयो भन्ने बारे पुरा विवरण भने आउन बाँकी रहेको प्रहरीको भनाई छ । घटनास्थलमा नेपाली सेना,नेपाल प्रहरी र स्थानियले उद्धारको काम गरिरहेका छन । पहिरोपछिको बाढीले एउटा पक्की पुल पनि बगाएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार