रामेछापमा योग अभ्यास गर्नेको सङ्ख्या बढ्दै

रामेछापमा योग अभ्यास गर्नेको सङ्ख्या बढ्दै

स्वस्थ रहनका लागि योगको महत्व बढ्दै गएको छ । विभिन्न कारणले मानिस अस्वस्थ हुने क्रम बढेसँगै योगतर्फको आकर्षण अझ बढेको हो । रामेछापमा स्वस्थ जीवनशैली र तनाव व्यवस्थापनका लागि योग साधना केन्द्रमा दैनिक योग गर्न जानेको सङ्ख्या बढिरहेको छ ।

विशेष गरी बजार क्षेत्रका नागरिक योग अभ्यासका लागि साधना केन्द्रहरूमा पुग्ने गरेका छन् । जिल्लामा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र,बह्मकुमारी राज योग सेवा केन्द्र,मन्थली मावि,प्रहरी कार्यालय लगायत योग साधना केन्द्रमा दैनिक योग अभ्यास हुने गरेको छ ।

शारीरिक तन्दुरुस्ती र मानसिक स्फुर्ति बढ्ने भएकाले योगमा आकर्षण बढ्दै गएको हो । सामान्यतया योग भन्नाले हातखुट्टा तन्काउनु, स्वाश प्रश्वासका प्रक्रियामार्फत शारीरिक अभ्यास वा कसरत गर्नुलाई बुझिने भए पनि वास्तवमा योग जीवन जीवन जिउन आवश्यक पर्ने पद्धति र पूर्ण जीवनशैली अनि आनन्दित जीवन जिउने कला हो ।

योगलाई आयुर्वेदिक चिकित्सा प्रणालीसँग जोडिएको छ । व्यस्त जीवनमा साधारण सुत्रहरू अपनाएर नै आफूलाई स्वस्थ राख्न सकिने भएपछि धेरैको रोजाइमा पर्न थालेको हो ।

पछिल्लो समय मानिसको व्यस्तता बढ्दै गएको छ भने खानपान र जीवनशैली पनि फेरिँदो छ । धेरै कारणले नागरिकको स्वास्थ्यमा प्रतिकुल प्रभाव पारिरहेका बेला योगको महत्त्व अझ बढेको प्रशिक्षकहरू बताउँछन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार