नाम हिरामाया शिवभक्ति । नाम जस्तै काम पनि हिरा छ । उमेर ५२ वर्ष लागेपनि उहाँको जोस जाँगर भने १६ वर्षे जस्तै छ । रामेछापको मन्थली नगरपालिका वडा नं. १ खाँदवारीको पक्की सडकबाट ५० मिटर कच्ची सडकबाट भित्र छिरेपछि भेटिन्छ हिरामायाको बाँसको उद्योग र बाँसको उद्योगमा काम गर्दै हिरामाया ।
२०६७ सालमा बाँसको मुढा बुन्ने तालिम लिनुभएको र २०६८ सालमा नेसनल व्रिटिस काउन्सिल सिटिभिटिबाट ३ महिने बाँसबाट विभिन्न किसिमका घरायसी सामानहरु डोको, डालो, सोली, मुढा, नाङ्गलो, चाल्नो, किचन ¥याक, सुज ¥याक, बुक ¥याक, ब्रस दानी, लगाएत सजिसजावटका सामानहरु बनाउने तालिम लिनुभयो ।
पहिला आफ्नो खेतीपाती थोरै वर्षभरि काम खान पनि नपुग्ने, श्रीमान काठ चिरानको काम गरेर कमाउने, सधैँ भरि काम पनि नहुने धेरै दुख थ्यो । अरुको जग्गामा खेती गरेर जिविको चलाउनुभयो । उहाँ भन्नुहुन्छ,‘अहिले गाउँमा खेती लगाउँदा बाँदरले दुख पनि दिने लगाएको बाली खान पनि पाईदैन । अहिले पनि बेलाबेलामा खेती लगाउन जान्छु र पाक्ने बेलामा श्रीमान गाउँमै गएर बस्नुहुन्छ नत्र त बाँदरले लगाएको बाली खान दिदैन ।’
उहाँले तालिमपछि घरैमा बसेर सिपको सदुपयोग गर्दै आउनुभयो । त्यसपछि गाउँघरमा पनि बाँसबाट बनेका समानहरुको माग आउन थाल्यो । प्रशिक्षकको रुपमा रामेछाप जिल्ला र बाहिरी जिल्लामा पनि गएर करिव ६ सय जनालाई तालिम दिईसक्नु भएको छ । घरमा बसेर काम गर्दा आफुले उत्पादन गरेको सामानहरु रामेछापको विहीबारे हाट, मन्थलीको सोमबारे हाट र मन्थली बजारमा ल्याएर विक्री गर्नुभयो ।
यसरी विक्री गर्दागर्दै पनि विभिन्न सामानहरुको माग बढ्न थालेपछि उहाँले २०७१ सालमा मन्थलीमै शिवभक्ति बाँस उद्योग सञ्चालन गर्नुभयो । सामानको माग बढी भएपछि घरका छोराछोरी र श्रीमानले पनि उहाँलाई सहयोग गर्नुभयो । अझै माग पु¥याउन नसकेपछि घरेलु तथा साना उद्योग कार्यालयसँग माग गरेर ८ जनालाई आफैले तालिम दिएर रोजगारी पनि दिनुभयो ।
कच्चा पदार्थ सवै आफुले जुटाउने, बजारीकरण गर्ने गर्नुभयो । उहाँहरुले कच्चापदार्थ लगानी कटाएर खुद नाफा कमादारलाई बाँड्नुभयो । ८ जनाले काम गर्दा पनि माग धान्न नसकेर रातको ११ बजेसम्म काम गर्ने फेरी २ घण्टा सुतेर १ बजेदेखि उठेर काम गर्दा पनि माग अनुसार सामान पु¥याउन हम्मेहमे पथ्र्यो । कार्यालयबाट कोही कर्मचारी सरुवा भएर जाँदा, नयाँ कर्मचारी आउँदा र कोही साथी आफन्तलाई उपहार दिनुपर्दा रामेछापको चिनोको रुपमा बाँसको सामाग्रीहरु किन्नलाई ग्राहक घरमै आउँथे ।
उहाँले वार्षिक ७०/७५ को कच्चा पदार्थ मात्र किन्नुहुन्थ्यो । अहिले कोभिडपछि बजार सुस्ताउदै गएपछि व्यवसाय विस्तारै कम हुदै गएपछि अहिले वार्षिक १५÷२० हजारको बाँस किन्नुहुन्छ । अहिले आफु एक्लै परिवार मिलेर काम गरिरहनुभएको छ । महिनाको केही नभएपनि ३०/३५ हजार भरमै बसी बसी काम गरेर कमाउनुहुन्छ । यहि कमाईबाट २ भाई छोरा र एउटा छोरीलाई राम्रो शिक्षादिक्षा दिनुभएको छ ।
सानोमा कान्छो भाईले स्कुल पढ्न जाँदा आफुलाई जान मन लागेको तर आफु ४ बर्षको उमेरमा बुवा रोगको कारण वित्नुभएपछि आमा एक्लैले ३ छोरा र १ छोरीलाई हुर्काउनु भयो । अहिले उहाँ सम्झिनु हुन्छ,‘त्यति बेला आमालाई मपनि पढ्न जान्छु नि भन्दा छोरी मान्छे पढ्नु हुँदैन छोरीले पढ्यो भने त पोईला जान्छ’भनेर भनेको उहाँलाई अहिल्यै जस्तो लाग्छ । उनले कहिल्यै पनि स्कुल जान पाईन्न । त्यसपछि पढ्ने रहरलाई उहाँलाई केहीले पनि छेकेन । भाईले लेखेको हेरेर बस्ने र दिउँसो बन जाँदा ढुङ्गामा लेखेर सिक्नु भयो ।
यसरी नेपाली अक्षर चिन्ने हुनुभयो । नेपाली मात्रै हैन व्यवहारमा पर्दै गएपछि अङग्रेजी अक्षर पनि चिन्न थाल्नु भएको छ । सवैले हिरामायाले पढेको छैन तै पनि यति धेरै सिप छ हातमा, यति धेरै दिमाग छ भन्छन् । यदि उसले पढेको भए झन केके गथ्र्यो होला भनेर गाउँलेहरु कुरा गर्छन । यस्तो सुन्दा उनलाई आनन्द लाग्छ । आफुले पढ्न नपाएपनि आफु जस्तो छोराछोरी अशिक्षित हुन नपरोस भनेर घरघडेरी किन्न सक्ने पैसा कमाएपनि घरघडेरी नकिनेर छोराछोरी पढाउनुभयो । छोराहरुले पनि आमाको मेहनतको कदर गर्दै कक्षामा प्रथम हुँदै आए ।
अहिले सवै आफ्नो खुट्टामा उभिन सक्ने भएका छन् । घरघडेरी जोड्न नसकेपनि छोराछोरी आफ्नो खुट्टामा उभिन सक्ने भएकोमा उहाँ खुसी हुनुहुन्छ । यहि बाँसको उद्योगले हिरामायालाई सवैले चिन्ने बाटो भएको छ । यहि व्यवसायबाट उहाले २०७४ सालमा राष्ट्रपतिबाट उत्कृष्ट महिला उद्यमी सम्मानित पनि हुनुभयो । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयबाट २०७६ सालको उत्कृष्ट महिला उद्यमीको रुपमा पुरस्कृत हुनुभयो ।
२०७८ सालमा मन्थली नगरपालिकाको स्थापना दिवसको अवसरमा उत्कृष्ट उद्यमीको रुपमा नगद सहित सम्मानित हुनुभयो । त्यसपछि घरेलु तथा साना उद्योग कार्यालय मन्थलीबाट र नेपाल उद्योग वाणिज्य महासँघ बागमति प्रदेशबाट २ लाख नगद सहित सम्मानित हुनुभयो । पहिला गाउँलेले ५ सय रुपैया नपत्याएर माईतमा गएर दाईसँग मागेर गर्जो टारेको सम्झिनुहुन्छ ।
अहिले यो उद्योग व्यवसाय गरेर राम्रो काम गर्न थालेपछि त्यही गाउँलेले कति चाहिन्छ कति लाख चाहिन्छ जति चाहेपनि ऋण पत्याउने भएको छ । यहि व्यवसाय गरेर मन्थली नगरपलिका वडा नं. ५ सुनारपानीमा २ वटा भुकम्पको घर र मन्थलीमा जग्गा भाडामा लिएर आफैले टहरो बनाएर बस्न र २ भाई छोराको विहे गर्न सकिएको बताउनुहुन्छ । महिलाहरु दिगो भएर कुनै काम नसिक्ने र नगर्ने भएको कारणले गर्दा पनि अगाडि बढ्न नसकेको बताउनुहुन्छ ।
अहिले वडा, नगर, विभिन्न संघसंस्थाले विभिन्न जिविकोपार्जनको लागि तालिमहरु दिने गरेको छ । एउटै महिलालाई बाँसको पनि, ढाका बुनाई, सिलाईकटाई जस्ता अन्य थुप्रै तालिमहरु दिने तर त्यो व्यवहारमा लागु नगरेको, तालिममा मात्रै सिमित भएको र अगाडि एउटा तालिम लिएपछि अर्को तालिम लिन नपाउने व्यवस्था गरे एउटा तालिम लिएपछि त्यसमा नै दिगो भएर लाग्थे कि भन्ने लाग्छ उहाँलाई ।
गोरखाको मनकामना गाविसमा २० जनालाई तालिम दिन जाँदा सादा मुढा बुन्न सिकाउन जानुभएको कुरा सम्झदै उहाँ भन्नुहुन्छ,‘त्यहाँको माग पछि समय कम भएकोले दिनभरिको तालिम अवधी भन्दा बाहेक दिउँसो ४ बजेपछि ९ बजेसम्म र विहान ४ बजेदेखि ९ बजेसम्म गरेर ३ दिनमा बुट्टे मुढा बुन्न सिकाउन सकेको सवै जना चकित भए ।’अरुले सादा मुढा बुन्न ७ दिन लगाउछन तपाईले सिकाएर ३ दिनमै २० वटा मुढा तयार गरेको देख्दा अचम्म लाग्यो भन्थे तालिम लिनेहरु ।
यस्तै काम गर्दा तालिमको लागि तोकेको भन्दा धेरै पारिश्रमिक दिएर पठाएको उहाँले सम्झिनुभयो । अहिले पनि प्रशिक्षकको माग आईरहेको र सामानको पनि माग आईरहेकोले कामको भ्याईनभ्याई छ हिरामायालाई । हिरामाया रामेछाप जिल्लाकै एक सफल उद्यमी हुनुहुन्छ । उहाँले अहिले पनि महिनामा ३० देखी ३५ हजार र रुपैयाँ कमाउदै आउनुभएको छ ।