रामेछापको उमाकुण्ड गाउँपालिकामा बन्यो ५ शैयाको अस्पताल,दशैँ अघि नै संचालनमा आउने

रामेछापको उमाकुण्ड गाउँपालिकामा बन्यो ५ शैयाको अस्पताल,दशैँ अघि नै संचालनमा आउने

रामेछापको उमाकुण्ड गाउँपालिकाले ५ शैयाको अस्पताल यो वर्षको दशैँ अगाडि नै सञ्चालन गर्ने तयारी गरेको छ ।

जिल्लाकै दुर्गम मानिने उमाकुण्ड गाउँपालिकामा यस्तो सुविधा सम्पन्न अस्पताल सञ्चालन हुने भएपछि उमाकुण्ड गाउँपालिकावासी खुसी भएका छन् । जिल्लाकै दुर्गम ठाउँ मानिने प्रीतिमा एमबीबीएस डाक्टर सहितको सुविधा सम्पन्न अस्पताल सञ्चालन हुने कुराले सिङगो उमाकुण्ड गाउँपालिकावासी धेरै खुसी भएको स्थानीय मणिराज सुनुवारले बताउनुभयो ।

यो अस्पताल सञ्चालनमा आएमा सामान्य स्वास्थ्य उपचारका लागि पनि सदरमुकाम मन्थली, राजधानी काठमाडौं लगायतका ठाउँमा जान बाध्य भएका उमाकुण्ड गाउँपालिकाबासीलाई ठुलो राहत हुने उहाँले बताउनुभयो ।

यो वर्षको दशैँ भन्दा अगाडि नै गाउँपालिकामा एमबिबिएस डक्टर सहितको अस्पताल सञ्चालन गरी नागरिकलाई गाउँमै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न गाउँपालिका लागि परेको छ ।

भवन बनिसकेको पाँच शैयाको अस्पताल सञ्चालनका लागि गाउँपालिकाले एमबिबिएस डाक्टर सहितका कर्मचारीहरू माग गरेको छ । गाउँपालिकाले सोमबार एक सूचना निकालेर मेडिकल अधिकृत, रेडियो ग्राफर, फार्मेसी सहायक, ल्याब टेक्निसियन, प्राविधिक सहायक लगायतका स्वास्थ्यकर्मीहरू माग गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार