आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स रामेछापद्वारा विमा वापतको रकम हस्तान्तरण

आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स रामेछापद्वारा विमा वापतको रकम हस्तान्तरण

आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स मन्थली रामेछापले विमा वापतको रकम प्रदान गरेको छ । रामेछाप नगरपालिका ८ को निशान बचत तथा ऋण सहकारी सस्थाको बचत सदस्य लक्षमण श्रेष्ठको केही महिना अघि वन भोज खान जाँदा खाना सर्किएर मृत्यु भएको थियो ।

मृतक श्रेष्ठले उक्त सहकारी सस्थाका सम्पूर्ण बचत सदस्यको दुर्घटना र औषधि उपचार विमा आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स मन्थली शाखामा गरेका थिए । सोही विमा वापतको रकम १ लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको हो ।

रामेछाप नगरपालिकको कार्यालयमा नगर प्रवक्ता समीर कार्की र आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स मन्थली शाखाका प्रमुख विपिन भट्टराईले संयुक्त रुपमा निशान सहकारीका अध्यक्ष सुमन कुमार श्रेष्ठ, सचिव अपना श्रेष्ठ र मृतक श्रेष्ठको श्रीमती गिता श्रेष्ठलाई चेक हस्तान्तरण गर्नुभयो ।

निर्जीवन विमा कम्पनी मध्ये सबैभन्दा बढि चुक्ता पुजि भएको यो कम्पनीमा विमा गर्न शाखा प्रमुख भट्टराइले आग्रह गर्नुभयो । १५० रुपैयाँ बार्षिक रुपमा सहकारीको सम्पूर्ण सदस्यको दुर्घटना विमा गरेर भवितब्य पर्दा क्षतिपूर्ति प्राप्त गर्न सकिने उहाँले बताउनुभयो ।

आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स मन्थली शाखाले बिगत ७ बर्ष देखि रामेछाप जिल्ला र आसपासको जिल्लामा निर्जीवन विमा सेवा उपलब्ध गराउदै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार