रामेछापको फूलासी भोटनागीमा ४ सय रोपनी क्षेत्रफलमा चिया खेती

रामेछापको फूलासी भोटनागीमा ४ सय रोपनी क्षेत्रफलमा चिया खेती

रामेछापमा ४ सय रोपनी क्षेत्रफलमा चिया खेती भइरहेको छ । चिया खेतीका लागी सुहाउँदो हावापानी रहेको यस ठाउँमा राम्रो उत्पादनहुँदा किसानलाई फाइदा भएको छ । चिया बगान घुम्न आउने आन्तरिक पर्यटक पनि बढेका छन् ।

सदरमुकाम मन्थलीबाट नजिकै रहेको चिया बगान हेर्न, सामाजिक सञ्जाल फेसबुक÷टिकटकमा दृश्य सार्वजनिक गर्न आन्तरिक पर्यटकहरु आउने गरेका छन । हरियाली र निकै मनमोहक चिया बगानले धेरैको मन लोभ्याउने त्यहाँ पुगेकाहरु बताउँछन् ।

यो ठाउँ रामेछाप जिल्लाका साथै अन्य विभिन्न छिमेकी जिल्लाहरुबाट बिदाको समयमा घुम्न आउने आन्तरिक पर्यटकहरुको रोजाईमा पर्ने गरेको छ । स्थानीय सरकार, जनप्रतिनिधि, सर्वसाधारणका साथै नागरिक समाज मिलेर यस क्षेत्रको विकास गर्न सके ईलाम जस्तै यो ठाउँ चिया खेतीबाटै परिचीत हुने विश्वास नेचुरल अर्गानीक टि प्रोडक्ट प्रालीको विश्वास छ ।

स्थानीय सरकार मन्थली नगरपालिकाले व्यवसायिक चिया खेती गर्ने विभिन्न संघसंस्था तथा व्यक्तिहरुलाई स्थानीय सरकारले पनि सहयोग गरेको छ । चिया प्रशोधन गर्ने मेशिन सहयोग गरेको मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठ बताउनुहुन्छ ।

समुद्री सतहबाट १८ सय मिटरदेखि २३ सय मिटरसम्मको उचाइमा चियाखेती राम्रो मानिन्छ । बाँझो र वर्षौँदेखि प्रयोगविहीन अवस्थामा रहेको जमिनलाई उत्पादनमूलक कार्यसँगै पर्यटन प्रवर्द्धनमा जोडेपछि यहाँका स्थानीय खुसी भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार