कुनै पनि विचार वा दर्शन(फिलाेसफी) मूलत:कुनै पनि राज्य तथा समाजलाई गति दिन वा समाजमा भएका थुप्रै बहुअायामिक महत्वकांक्षाहरुलाई सम्बाेधन गर्नका लागि।सजिलाे हाेस् भनेर स्थापित गरेका हुन्छन्।
बिशेषत:ती बिचार र दर्शनहरुले लामाे समयकाे कालखण्डरुमा समाज सँगै राज्यकाे बिकाशक्रमलाई कसरी जाेडेर हेर्न सक्छ।र त्यसले समाजकाे गतिलाई बृहत्तर हितमा लानकाे लागि समयअनुकुल काम गर्न सकेकाे छकि?छैन भन्ने कुराले त्याे बिचारकाे त्याे दर्शनकाे अायु पनि निर्धारण गर्ने गर्छ।
बिचारहरु प्रयाेग हुने क्रममा तत्कालीन समाजकाे गतिलाई अगाडि बढाउदै या समाजकाे अबराेधहरुलाई फुकाउदै वा मानबिय चाहना गतिबिधिलाई परिपूर्ति गर्दै अगाडि बढ्न सकिएन भने अथवा गतिशील र परिबर्तन भएन भने त्यस्ता बिचार वा दर्शनहरु पनि मृत जस्तै हुन्छन्।यद्यपि बिचारहरु समय क्रममा निरन्तर प्रयाेग चाहिँ भइरहेकै हुन्छन्।
कुनै पनि बिचारलाई स्थापित मान्यताकाे शाष्त्रिय वा परम्परागत दृष्टिकोण बाटै हेरियाे या शाष्त्रिय परम्परागत रुपमै प्रयाेग गरियाे भने त्यसले समाजकाे बहुअायामिक महत्वकांक्षाहरुलाई सम्बाेधन गर्न सक्दैन।त्याे बिचार पनि प्रगतिशील हुन सक्दैन?जस्काे कारण समाजका विभिन्न क्षेत्रहरुमा असन्तुलन पैदा हुन पुग्छ।
जसले समाजकाे गतिलाई प्रगतिशील हुन बाट अबरुद्ध गर्छ भने अर्काे तर्फ प्रगतिकाे दिशा तर्फ जानुकाे साटाे अधाेगति तर्फ जाने सम्भाबना रहन्छ।त्यसकारण प्रत्येक समयकाे कालीक क्रममा समाजकाे बिकाशक्रम सँगै परिबर्तन हुने फरक अायामहरुलाई मानबिय महत्वकांक्षा सित ब्यबहारिक रुपमा मेल खानेगरी बिचारलाई प्रयाेग गरियाे भने मात्रै समाज वा देशले भनेकाे जस्ताे उपलब्धि हासिल गर्न सक्छ।
अन्यथा बिचारकाे प्रयाेग सहि अनुरुप त भएन भएन।थुप्रै सम्भाबना हुदाँ हुँदै पनि देशहरु दिर्घकालीन रुपमा सफल हुन सक्दैनन्।बरु क्षयिकरण हुने दिशातर्फ उम्मुख हुन्छन्।बिचार वा दर्शनलाई मानव जीबनका बहुअायामिक महत्वकांक्षाहरुलाई सम्बाेधन गर्नका लागि प्रयाेग हुन्छन् भनिए पनि ब्यबहारत:उहीँ बिचार उहीँ दर्शन हुबहु नक्कल सबै समाजकाे लागि सबै देशका लागि लाभकर हुन सक्दैन भन्ने बिश्वमा थुप्रै उदाहरणहरु छन्।जस्ताे कि नेपालमा सन 1990 पछिकाे समय हामीले प्रयाेग गर्दै अाइरहेकाे(लिबरल ईकाेनाेमी)उदारिकरण तथा बजार अर्थतन्त्रले साढे तीन दशककाे हाराहारीमा नेपाली अर्थब्यबस्थाका विभिन्न अंगहरु ।
कृषि,उधाेग,पर्यटन,ब्यबसाय जस्ता देशकाे महत्वपूर्ण क्षेत्रहरुमा कस्ताे कस्ताे प्रभाब पर्याे?यी अंगहरु मार्फत देशकाे अर्थतन्त्रमा के के उपलब्धि भयाे?हाम्रो देशकाे अर्थतन्त्र कहाँ छ?देशकाे सम्मृद्धि भयाे कि भएन?देशले सफलता पायाे कि पाएन?उदारिकरण र बजार ब्यबस्थाकाे प्रयाेग पछि हाम्रो देशकाे मानबिय संसाधन एबं हाम्रा स्रोत साधनहरु प्रयाेगमा हामी माथि गयाै कि झन् निर्बल भयाै?भन्ने प्रश्नहरुकाे जवाफ खाेज्याै भने देशकाे स्पष्ट चित्र अाइहाल्छ।
त्यसकारण हामीले बिश्वपरिवेशमा सिर्जना भएका बिचार र दर्शनहरुलाई ब्यबहारिक रुपमा प्रयाेग गर्दा समय सापेक्ष परिष्कृत गर्दै हाम्रै समाज सुहाउँदाे हाम्रै माटाे सुहाउँदो हाम्रै परिबेश अनुकुल प्रयाेग गर्न सकिएन भने त्यसले सफल परिणाम दिन सक्दैन भन्ने हेक्का राख्न सक्नु पर्छ।त्यति मात्रै हैन?बिचारकाे बहुअायामलाई समय सापेक्ष परिष्कृत गर्दै नयाँ भाष्यकाे रुपमा रुपान्तरण गर्न सक्नुपर्छ।
त्यसैले कुनै पनि बिचार वा दर्शनलाई शाष्त्रिय र परम्परागत धारणा परम्परागत दृष्टिकाेण बाटै बुझ्याै र परिष्कृत गर्न तिर लागेनाै भने त्याे बिचारकाे मर्मले हाम्राे सामाजिक परिबेश तथा यससँग संम्बद्ध राख्ने हाम्राे सामाजिक अंगहरु बीच सामजस्यता हुन सक्दैन।त्यसकाे फलस्वरुप बिचारकाे प्रयाेग पनि कुनै पनि देशका लागि लाभकर हुन सक्दैन।कुनै पनि समाजमा बिचार वा दर्शनकाे ब्यबहारिक प्रयाेग राजनीतिले गर्छ।
राजनीतिक नेतृत्वले गर्छ।राजनीतिक नृतृत्वकाे दक्षता र कुशल प्रयाेगले नै खास अर्थमा कुनै पनि बिचार वा दर्शनकाे प्रयाेगलाई जीबन्त बनाउन सक्छ।बिचार र दर्शन उच्चतम् चेतनाकाे उपज भएकाेले कुशल नृतृत्वले मात्र बिचार तथा दर्शनलाई समय सापेक्षत मिहिन ढंगबाट अाफ्नाे परिबेश अाफ्नाे माटाे र परिस्थिति अनुरुप बिबेक संगत प्रयाेग गर्दै परिणाम दिन सक्छ।
बिडम्बना हाम्राे देशमा हाम्राे राजनीतिक नेतृत्वले हाम्रा शासकहरुले थुप्रै राजनीतिक बिचार र दर्शनहरुलाई प्रयाेगमा त ल्याए तर देशलाई समृद्ध तिर लान सकेनन्।यसकाे प्रमुख कारण नै राजनीतिक बिचार दर्शनलाई अाफ्नाे देश अनुकुल र माैलिकता सहित नयाँ नयाँ भाष्य र प्रयाेग।बिचारमा चेतनाकाे उच्चताबाेध चेतनाकाे उच्चता सहित कुशल प्रयाेग गर्नु नसक्नु नै हाम्राे नेपाली नेताहरुकाे नेपाली शासकहरुकाे कमजोरी हाे।ए:नेता जी हरु बीचारलाई उच्चताबाेध गर्न सक्ने जागरुक चेतनाकाे बिकाश गर्नुस्….।
लेखक : नवीन गाउँले,रामेछाप ।