रामेछाप मन्थलीका २० महिलाले पाए फेसन डिजाईन तालीम

रामेछाप मन्थलीका २० महिलाले पाए फेसन डिजाईन तालीम

रामेछाप सदरमुकाम मन्थली बजारमा रहेर सिलाई कटाई तथा विभिन्न ब्यवसाय गर्दै आएका २० जना महिलाले १५ दिने एड्भान्स तालिम पाएका छन् । उनिहरुलाई नेपाल कपडा तथा सिलाई ब्यवसायी संघले एड्भान्स लेडिज डिजाइन कटिङ सिलाई तालिम दिएको हो ।

टेलर ब्यवसाय मार्फत आय आर्जन गर्दै आएका महिला दिदीबहिनीहरुलाई थप क्षमतावान वनाउने र उनिहरुको आय आर्जन थप बृद्धि गराउने मुख्य उदेश्यले संघले एड्भान्स लेडिज डिजाइन कटिङ सिलाई तालिम दिएको संस्थाका अध्यक्ष ज्ञान बहादुर सुन्दासले बताउनुभयो ।

मन्थली नगरपालिकाको आर्थिक सहयोगमा संचालन गरिएको उक्त तालीमको समापन मन्थली नगर प्रमुख लव श्रेष्ठले एक औपचारिक कार्यक्रमका विच समापन गर्नुभयो । सो अवसरमा उहाँले यस खालको तालिमले महिलाहरुको क्षमता र सिप विकास हुने भएकोले पनि नगरले उनिहरुका लागि आर्थिक सहयोग गरेको बताउनुभयो। उहाँले महिलाहरुको सिप र क्षमता विकासका लागि नगरपालीका सदैव सहयोग गर्न तयार रहेको पनि बताउनुभयो ।

कार्यक्रमका अवसरमा रामेछाप उद्योग वाणिज्य संघका सचिव यज्ञ सुवेदीले यस खालका कार्यक्रममा आफनो संस्था संग समन्वय नगरेको भन्दै गुनासो गर्नुभयो । उहाँले भन्नुभयो वाणिज्य संघ यस खालको गतिविधिलाई साथ दिन तयार रहेको भन्दै नेपाल कपडा तथा सिलाई ब्यवसायी संघलाई कार्यक्रमको आयोजना गरेकोमा धन्यवाद पनि दिनुभयो ।

सो अवसरमा प्रशिक्षक ईन्दु घलेले मन्थलीको यस कार्यक्रमबाट आफु पनि लाभान्वित भएको भन्दै सिकेको सीपलाई ब्यवहारमा ढाल्न पनि आग्रह गर्नुभयो ।

संस्थाका अध्यक्ष ज्ञान बहादुर सुन्दासको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं १ का वडा अध्यक्ष होम प्रसाद पौडैल,नेपाल पत्रकार महासंघका अध्यक्ष वद्री नयाँघरे लगाएतका बक्ताहरुले पनि कार्यक्रमको प्रभावकारी भएको भन्दै आयोजक संस्थालाई धन्यवाद दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार