रामेछाप नगरपालिका–८ मा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

रामेछाप नगरपालिका–८ मा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

रामेछाप नगरपालिका वडा नं ८ ले चालु आर्थिक वर्ष २०८०/८१ को सुरुदेखि हालसम्म सञ्चालन भएका वडा भित्रका विकास निर्माण र सेवा प्रवाहका बारेमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार (आज) सम्पन्न उक्त कार्यक्रममा वडाले प्रवाह गरिरहेको सेवा तथा विकास आयोजनाहरुको बारेमा वडाका सचिव दिपा बरालले जानकारी गराउनुभयो ।

वडाले चालु आबको हालसम्मको अवद्यिमा ६ लाख ६६ हजार ६ सय १५ रुपैयाँ राजश्व संकलन गरेको छ । सार्वजनिक सुनुवाई कार्यक्रममा नागरीकहरुले कृषी,पशुपालन,सडक,खानेपानी सहित विभिन्न विषयहरुमा रहेर प्रश्न,जिज्ञास र गुनासोहरु राखेका थिए । सहभागीहरुको प्रश्नको जवाफ वडा नं ८ का वडाअध्यक्ष सन्तोष तामाङले दिनुभएको थियो ।

नागरीकहरुको प्रश्नको जवाफ दिदै उहाँले वडाबसीको आवश्यकता,चाहना र माग अनुसार नै आफुले काम गर्दै आएको बताउनुभयो ।वडाबाट प्रवाह भैरहेको हरेक कामहरुमा नागरीहरुले जति बेला र जुनसुकै समयमा पनि सुझाव दिन सक्ने उहाँले बताउनुभयो । सम्वृद्ध वडा बनाउन यहाँका नागरीकहरुको साथ र सहयोग अपरिहार्य रहेको पनि उहाँले बताउनुभयो ।

कार्यक्रममा रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपाने,उपप्रमुख बाल कुमारी,प्रमुख प्रशासकिय अधिकृत मित्र प्रसाद घिमिरे,विभिन्न राजनितिक दलका प्रमुख एवं प्रतिनिधी र नागरीकको सहभागीता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार