रामेछापमा मतदाता नामावली विवरण अध्यावधिक सुरु गरिएको छ । आगामी २०८१ वैशााख १५ गतेका लागि तय भएको उपनिर्वाचनका लागि वैशाख १४ गतेसम्म १८ वर्ष उमेर पुगेकाहरूले मतदाता नामावलीमा नाम दर्ता गराउनुपर्नेछ ।
अन्तिम मतदाता नामावली तयार गर्न सबै निर्वाचन कार्यालयबाट सङ्कलित नामावलीको अद्यावधिक तथा दावी विरोधको प्रक्रिया सुरु गर्न लागिएको जिल्ला निर्वाचन कार्यालय रामेछापले जनाएको छ ।
निर्वाचन कार्यालयबाट फागुन १३ गतेसम्म सङ्कलित विवरणमध्ये वैशाख १४ गतेसम्म १८ वर्ष उमेर पुगेका मतदाताको विवरण अध्यावधिक गरिने छ । रामेछापमा ८८ हजार ३७ महिला र ९२ हजार ६९ जना पुरुष मतदाता रहेका छन् ।