ललितपुरमा रामेछापका एक सहित दुई जना मृत फेला परेका छन् । ललितपुरको विभिन्न स्थानमा दुई जना मृत फेला परेका हुन् । रामेछापको गोकुलगंगा घर भई ललितपुर महानगरपालिका–१४ साङपाङचोक बस्दै आएका ३४ वर्षीय संरिच सुनुवार मृत फेला परेका छन् ।
उनी आफ्नै कोठामा मृत फेला परेको प्रहरीले जनाएको छ । यसैगरी ललितपुर महानगरपालिका–२२ भैँसेपाटीस्थित पोखरीमा ललितपुर बुङमती बस्दै आएका ५६ वर्षीय चिरी बाबु श्रेष्ठ मृत अवस्थामा फेला परेका छन् । घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।