दिप बहादुर कार्की स्मृति प्रतिष्ठानद्धारा विद्यार्थीलाई न्यानो कपडा तथा पुस्तक वितरण

दिप बहादुर कार्की स्मृति प्रतिष्ठानद्धारा विद्यार्थीलाई न्यानो कपडा तथा पुस्तक वितरण

दिप बहादुर कार्की स्मृति प्रतिष्ठान रामेछापले विद्यार्थीलाई न्यानो कपडा र विद्यालयलाई विभिन्न पुस्तकहरु वितरण गरेको छ ।

आइतबार (आज) रामेछाप नगरपालिका वडा नं ७ सिम्लेमा रहेको सेतीदेवी आधारभूत विद्यालय र मुगानमा रहेको सिद्धेश्वर आघारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको हो ।

सेतीदेवी आधारभूत विद्यालयका २६ जना र सिद्धेश्वर आघारभूत विद्यालयका २५ जना विद्यार्थीलाई ट्रयाक सुट र मोजा वितरण गरिएको दिप बहादुर कार्की स्मृति प्रतिष्ठानका उपाध्यक्ष नारायण कार्कीले जानकारी दिनुभयो ।

साथै गौरीशंकर माविको पुस्तकालयका लागी करिब २ लाखको विभिन्न पुस्तकहरु उपलब्ध गराइएको उपाध्यक्ष कार्कीले बताउनुभयो । रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेले उक्त पुस्तकहरु विद्यालयलाई हस्तान्तरण गर्नुभयो । पुस्तक हस्तान्तरण गर्दै नगर प्रमुख न्यौपानेले ति पुस्तकहरु पढेर धेरैभन्दा धेरै ज्ञान लिन विद्यार्थी तथा शिक्षकहरुलाई आग्रह गर्नुभयो ।

दिप बहादुर कार्की स्मृति प्रतिष्ठानका अध्यक्ष कमल विक्रम कार्कीले आर्थिक अवस्था कमजोर भएका गरिब तथा विपन्न परिवारका २ जना बालबालिकालाई निशुल्क पढने व्यवस्था मिलाइएको बताउनुभयो । गौरीशंकर माविमा आफुहरुको सहयोगमा २ जना विद्यार्थीले निशुल्क पढदै आएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार