साठिको दशकको पहिलो बर्षहरुमा हामी केही युवा साथिहरु म,रबिन्द्र दाहाल(प्रलय),बिक्रम पबन परियार,कल्पना तमाङ्(प्रकृति)।र केही अरु साथिहरु रामेछापमा युवा जोश,युवा जागर र युवा उर्जाका साथ रामेछापको साहित्यमा एउटा हस्तक्षेपकारी भूमिका निर्बाह गर्न सामुहिक रुपमै अग्रसर भएका थियौ ।
तथापी हामीलाई त्यो साहित्यिक युवा जोश र उर्जालाई एउटा मियोको रुपमा अगाडी बढाउनका लागि।त्यो साहित्यिक चेतनालाई अझ मूखर बनाउनका लागि।एउटा असल अभिभाबकत्व एउटा गाइड लाइन चाहिएको थियोे।त्यहि गाइड लाइन र अभिभाबकत्व निर्बाह गर्नको लागि खोजी गर्ने क्रममा हामीले पेशल सरलाई पाएका थियौ।शुरुवाती चरणमा पेशल आचार्यलाई भेट्दा वहाँ असल नेपाली भाषा र साहित्यका शिक्षक त हुनुहुन्थ्यो नै।
साहित्यमा पनि वहाको लगनशिलताले स्थापित भइसक्नु भएको अग्रज हुनुहुन्थ्यो।त्यसैले पनि हामीले वहाको अभिभाबकत्वलाई सजिलै ग्रहण गरेका थियौ।लेखनको शुरुवाती चरणमा जो पनि सिकारु हुन्छ।हामी त्यतिखेर सिकारु थियौ।भर्खर लेख्न थालेका थियौ।साहित्यिक चेतनालाई अझ व्यापक र निखारता बनाउन चाहन्थ्यौ।त्यसै मेसोमा भेटिएका थियौ साहित्यिक गुरुका रुपमा पेशल आचार्यलाई।
पेशल आचार्य नेपाली भाषा नेपाली साहित्यको शिक्षक भएको हुनाले बिद्दालय जीबनबाटै थुप्रै शिष्यहलाई साहित्यकार र कवि बनाउन उहाको ठूलो अहं भूमिका त छ नै।रामेछापको साहित्यिक ईतिहासमा वहाको लामो योगदान पनि छ।म वहाको बिद्दालयको औपचारिक शिष्य त होइन।यद्दपी हामी दुई दशक देखि आत्मिय साहित्यिक सम्बन्धमा रह्यै।जब हामीले लेखनलाई व्यापक बनाउनु थियो।नेपाली साहित्यलाई अझ रामेछाप बाट केही गर्नु थियो।त्यसमा सदैब निरन्तर साथ र ढाडस पाइरह्यौ पेशल आचार्य बाट।
हामी कवि गोष्ठि,साहित्यिक कार्यक्रम,साहित्यिक बिमर्शहरु गर्थ्यौ बेला बखत त्यहा वहाको उपस्थिति अनिबार्य जस्तै हुन्थ्यो।वहाँ नभएको कार्यक्रममा हामीलाई खल्लो लाग्थ्यो।किनभने उहाको बिद्धत प्रवचन सुन्न हामी जहिल्यै आतुर हुन्थ्यौ।हामी पत्रिकाहरु निकाल्थ्यौ भाषा सम्पादक वहाँ नभई हुदैनथ्यो।कुनै साथिको पुस्तक निकाल्नु पर्याे भाषा सम्पादक वहाँ नभईनहुने।
भाषा सम्पादनमा विशेष पकड र दक्षता थियो पेशल सर सग।वहाको सहज उपस्थिति सहयोगि भावना नै हाम्रो लागि सबैथोक भएको थियो।त्यसले सम्पूर्ण हामी साथिहरुलाई लाभ पनि भएको थियो नै।जब मेरो २०६७ मा पहिलो पुस्तक निस्कदै थियो प्रमुख जिम्मा साथि रबिन्द्र दाहाल(प्रलय)ले लिए पनि प्रमुख सल्लाहाकार उहानै हुनुहुन्थ्यो।मेरो लेखनलाई निरन्तर प्रशंसा र लेखन निरन्तरताका लागि सदैब हौसला प्रदान गरिरहनु भएकै थियो।पछिल्लो समय मेरो लेखनलाई टिप्पणी गर्दै मेरो भन्दा अब्बल लेखन भईरहेको भन्दै फुर्क्याउने पनि गर्नु हुन्थ्यो।तपाईंको साहित्यिक चिन्तन पक्षधरता र अध्ययनको दायरा फराकिलो हुँदै गएकोमा मलाई खुसी लागेको छ भन्नूहुन्थ्यो बेलाबखत।
दुई दशक लामो सहयात्राको क्रममा पेशल सरलाई कहिल्यै पूर्बाग्रही र घमण्डीपन पाइएन मैले।उहामा जून बिद्धता थियो ।त्यो बिद्धताले नै उहालाई जहिल्यै सरल र सहज बनाएको थियो।थप ओजिलो बनाएको थियो भन्ने म लाई लाग्छ। २०७८ मा मेरो दोस्रो पुस्तक आउदै गर्दा भाषा सम्पादकको जिम्मेवारी वहालेनै लिनु भएको थियो।कुशलता पूर्बक भाषा सम्पादन गरिदिनु भयो।पुस्तक बिमोचनमा मेरो पुस्तक माथि प्रमुख टिप्पणीकार उहालाई नै राखेको थिए।पुस्तकको टिप्पणी गर्दै कठोरता पूर्बक मेरो खराबी र असल कुरालाई पर्दाफास गरेर शंकर लामिछाने,भूपी शेरचन,मोहन कोइरालाको लेखन जस्तो नबीनको लेखन भन्दा म फुरुङ्ग भएको थिए।त्यो प्रशंसाको वाणी अझै मेरो मानसपटलमा ताजै छ।
पछिल्लो समय हाम्रो सम्बन्ध अग्रज बाट साथि साथि बाट दाजु भाइको सम्बन्धमा आइपुगेका थियौ।आफ्नै अनुज भाईलाई झै स्नेह गर्नु भएको थियो।साहित्यिक चिन्तन पक्षधरतामा उहाँ जहिल्यै सरल र सहज बाटो तिर हिड्नु भयो।म भने जटिलता खोज्दै हिडे त्यो मेरो अज्ञानी पन थियो कि ? भन्ने लागिरहन्छ।तथापी साहित्यिक बिमर्शमा साहित्यिक बैचारिकिमा एकै ठाउमा थियौ।एकै ठाउमा उभियौ कि भन्ने लाग्छ।हाम्रो मूल ध्येय अध्ययन नै थियो।अध्ययनको फराकिलो आयाम नै हामी एकै ठाउमा समाहित हुने कडि थियो कि?पछिल्लो समय केही महिना अगाडी देखि म मेरो दोस्रो पुस्तकको दोस्रो संस्करण ल्याउने कोशिष गरिरहेको थिए।
दोस्रो संस्करणमा थप केही कबिता थप्ने हुदा अलिकति पृष्ट पनि बढ्ने हुदा त्यसलाई कसरी न्याय गर्न सकिन्छ भन्ने उहामा मेरो जीज्ञासा थियो।त्यसैले थप कबिता र पुस्तकका भएको कबिताहरुलाई पुन पहिलाको त्रृटिहरुलाई दोस्रो संस्करणमा सच्च्याउन पर्छ भन्ने मलाई लागेको थियो।त्यसैले पनि ती कबिताहरुका भाषा सम्पादनलाई अझ मिहिन ढंगले हेरिदिन पेशल सरलाई नै जीम्मा लगाएको थियो।
पछिल्लो समय संम्वाद हुदा हेरिरहेको कुरा गर्नु भएको थियो।यो कामलाई अधुरै छाडेर जानू होला भनेर मैले कल्पना नै गरेको थिएन।तर अधुरै छाडेर जानू भयो।एउटा साहित्यिक अभिभाबकत्व गुमाएको छु।मर्माहात भएको छु।रक्सि छोडेको केही बर्ष भएको थियो।हिजो एकान्तमा बसेर हजुरलाई सम्झदै अलिकति रक्सि पिए।अलबिदा पेशल सर .अलबिदा पेशल गुरु.अलबिदा आत्मिए दाइ.अलबिदा।
-कवि नवीन गाउँले