रामेछाप मन्थली नगरपालिका –५ सुनारपानी मचबारीमा रहेको स्थानीय भाषामा थानापती महादेव मन्दिर पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ ।
ढुङ्गा र माटोले बनेको पुरानो मन्दिर जीर्ण बनेपछि २०६३/६४ तिर जगबाटै भत्काएर पुनःनिर्माण गरिएको थियो । २०७२ को बिनाशकारी भुकम्प पश्चात् विसं २०७७/७८ मा शिलान्यास गरेर काम सुरु भएको मन्दिरको ९५ प्रतिशत काम सकिएको चम्पेश्वर थानापती महादेव श्रेष्ठ समुदायका संयोजक तथा स्थानीय सरोकार सदस्य पूर्णबहादुर श्रेष्ठले बताए ।
उनले अब मन्दिरमा बत्ती जडान, ढुङ्गा बिच्छाउने र पर्खाल लगाउने केही काम बाँकी रहेको बताए । उनले भने,“अभिलेखालय पुरातत्त्व बिभाग, नेपाल सरकारको झन्डै रु एक करोड पच्चीस लाखको लागतमा मन्दिर पुनः निर्माण कार्य हुदै गरेको छ“।
बि.पि राजमार्गअन्तर्गत सिन्धुलीको खुर्कोट हुँदै १७ किलोमिटर मन्थलीबाट ७ कि मि पुर्बी पक्की सडक र करिब ३०० मिटर कच्ची मोटरबाटो पछि थानपती महादेव मन्दिर पुग्न सकिन्छ ।