खसी चोरी गरेर बेच्दै गर्दा रामेछापका एक पुरुष पक्राउ परेका छन । यहि वैशाख ५ गते मंगलबार खसी चारी गर्ने खाँडादेवी गाउँपालिका –२ चुल्ठेपानीका हिमाल तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
मंगलबार रातको २ बजेको समयमा चुल्ठेपानीकै मनोज बुढाथोकीको गोठबाट २ वटा खसी चोरी गरेर सित्खा बजारमा बिक्री गरीरहेको अवस्थामा तामाङ पक्राउ परेका हुन ।
तामाङले चोरी गरेको खसी धनिलाई नै बुझाई चोरी गर्ने ब्यक्तिलाई जिल्ला प्रहरी कार्यालय रामेछापको हिरासतमा राखेर जिल्ला अदालत रामेछापबाट १० दिन म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।