रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं। ४ सालुमा मध्यम वर्गीय परिवारमा स्वर्गीय माता पुन कुमारी घिमिरे र पिता गंगा प्रसाद घिमिरेको कोखबाट पहिलो सन्तानको रुपमा जन्मिएका प्रदिप घिमिरे अमूल्यको बाल्यवस्था सामान्य थियो । उनीले सामलिस्थानको एक विद्यालयबाट कक्षा कक्षा ४ सम्मको अध्ययन गरेका थिए भने श्री सेतीदेवी माध्यमिक विद्यायबाट कक्षा ८ सम्मको अध्ययन गरे । त्यस पछि उनको जीवनमा बज्रपात नै बज्रपातको चाङ लाग्यो । प्रदिप कक्षा ८ मा अध्ययन गर्दै गर्दा उनको आमाको ३२ वर्षको युवावस्थामा मुटु रोगको कारणले मृत्यू भयो । ३२ वर्षको उमेरमा ५ सन्तान जन्माएकी प्रदिपकी आमाले अल्पआयुमै यस धर्तिबाट अस्ताइन् ।
आमाको मृत्यू भएको ३ महिना बित्न नपाउँदै उनका पिताले नजिकैको सिम्ले गाउँबाट तामझामका साथ विवाह गरे । १३ वर्षको बाल्यवस्थामा आफ्नी आमा गुमाएका प्रदिप सम्झन्छन् । आमाको काम सकिन नपाउँदै प्रदिपलाई फेरि अर्को बज्रपात आइलाग्यो । आमाको काम सकिएकै भोलीपल्ट प्रदिपले आपूmलाई आमापछिको माया दिने हजुर आमा पनि गुमाए । दोश्रो आमाले घरमा पाइलो राखेपछि मेरो जीवनको खुशी खोसियो प्रदिपले सुनाए । बालमानसपटलमा आमा गुमाउनुको पीडा त छँदैछ । दोश्री आमा यानिकी सानीआमाको क्रुर व्यवहार अनि बाबुको हप्कि–दप्कि सहँदै ४ जना अवोध भाई बहिनीहरुको अभिभावक बने प्रदिप ।
हजुरआमा वितेको ठीक ३ वर्षमा एउटा भाइको १० वर्षको कहिलो उमेरमा मृत्यू भयो । भाई वितेको २ वर्षमा फेरी हजुरबाको मृत्यू भएको थियो । प्रदिपले ७ वर्षको अन्तरालमा परिवारका ४ सदस्य गुमाएका थिए ।
हामीले उनलाई पारिवारीक कुरा सोध्दासोध्दै प्रदिप गहभरी आँसु पार्दै भक्कानिए । घरमा बस्न सक्ने वातावरण नभए पछि उनलाई कान्छी फुपुदिदी मैया सुवेदी र फुपाजु दिबाकर सुवेदीले साथ दिए । प्रदिप फुपु फुपाजुको निवास सानिमदौमा बसेर अध्ययन गरेका थिए । प्रदिपले आमाको मृत्यू पश्चात मन्थलीको साविक महेन्द्रोदय उच्च माध्यमिक विद्यालय (मन्थली उच्च मा.वि.) बाट कक्षा ९, १०, ११ र १२ को अध्ययन गरे । प्रदिप सानामा इमान्दार थिए । भद्र स्वभावका प्रदिपले यतिबेला रामेछाप जिल्लाकै शिर उच्च राख्ने पुण्य कार्य गर्दै आइरहेका छन् ।
कोरोना कहर सुरु भएदेखी भोका प्यासा दिन दुःखीहरुका लागि अन्नदाता भएर उदाएका छन् । प्रदिप सानै उमेर देखी विभिन्न सामाजिक सेवाका क्षेत्रमा काम गर्दै आएका थिए । उनी बोलीमा भन्दा पनि कामलाई पहिलो प्राथमिकतामा राख्ने गर्दछन् । उनी अहिले काठमाडौंमा बसेर विभिन्न सामाजिक सेवाका क्षेत्रमा काम गर्दै आएका छन् ।
प्रदिप १३ बर्षको थिए, भन्छन्ः भगवानको आर्शिवाद भनौं वा सानैमा आफूले भुक्तमान खेपेको कारण अशाहय, अनाथलाई सहयोग गर्ने चाहना पलाएको हुनुपर्छ । आफू प्रतिकुलका तमाम परिस्थितिसँग जुध्दै यहाँसम्मको यात्रामा आइपुगेका प्रदिपलाई जीवनको हरेक भोगाइले नयाँ उर्जा दिएको छ ।
खुकुरीको चोट अचानोलाई मात्र थाह हुन्छ भनेझैं कुनै मान्छे विशेषको सोचाई र बास्तविकताको बारेमा बुझ्न उनलाई निमेशभर नै पर्याप्त छ । उनले समाजसेवालाई निरन्तरता दिँदै गए । कारोना कहरको समयमा नेपाल ठप्प भएको थियो । नाम चलेका अस्पतालहरुले पनि आफ्नो सेवा बन्द गरेर बसेका थिए । सवारीका साधनहरु बन्द भएका थिए । विशेष गरेर नेपालको राजधानी काठमाडौं चकमन्न भएको थियो । दैनिक ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्दै आएका मजदुर अनि दुई हात फैलाएर जिवन जीवन चलाउनेहरुको अवस्था भयावह बन्दै गएको थियो । खान नपाएर मानिसहरु दैनिक अखबार, रेडयो, टेलिभिजन तथा अनलाइन मिडियाहरुमा एक छाक टार्न नसक्ने श्रमिक तथा सडकमै बस्ने व्यक्तिहरु खान नपाएर छटपटाएको समाचार शीर्षकहरुले प्रदिपको मन कुडिन्थ्यो ।
हुनेहरु घरभरी सम्पत्ती थुपारेर धनाढ्यको बिल्ला भिरेर धनले डकारेर निदाउँछन् । अहिले पनि आत्मसन्तुष्टिको लागि असाहाय र साहारा वीहिनहरुलाई कसरी सहयोग गर्न सकिन्छ भनी सोच्दा सोच्दै कैंयौ रात निधाउनै विर्सेका छन् प्रदिपले । एक थोपा सुकी, सय थोपा नदी भनेझैं व्यक्तिगत हिसाबबाट पनि केही गर्न सकिन्छ भन्ने आँट लिएर दुःखमा परेका दाजुभाई तथा दिदीबहिनीहरुको ओठमा थोरै भए पनि मुस्कान भर्ने काममा निस्किए उनी । समस्या बताएर साध्य छँदैछैन, तर श्रोत साधनले जति सकिन्छ त्यति गर्दै गए । अनि सहृदयी मनहरुलाई पनि सकेको मद्दत गर्न सामाजिक सञ्जालबाट आह्वान गरे । केही सहयोगी सहृदयी मनहरुको साथ लिएर प्रत्येक दिन बास भएका, गाँस नभएका व्यक्तिहरुलाई खाद्यन्न वितरण र गाँस, बास र कपासको टुंगो नभएका व्यक्तिहरुलाई नियमित खानेकुराको जोहो गराउँदै आइरहेका छन् उनी ।
प्रदिपले अहिले पनि काठमाडौ सडक पेटीमा भोक भोकै जीवन र मृत्यूको दोसाँदमा रहेका दुःखी गरीब, अशक्त एवम् असहाय भएका सयौं मानिसहरुलाई रातको खाना खुवाउँदै आएका छन् । हिजो आज खाना खुवाउन अत्यन्तै कठीन भएको उनी बताउँछन् । हालसम्म उनले लाखौं व्यक्तिहरुलाई खाना खुवाएका छन् । उनलाई अहिले सहयोगी हातहरुको आवश्यकता भएको छ ।
प्रदीपले भोकभोकै परेका मानिसलाई मात्रै हैन पशुपंक्षीहरुलाई समेत खाना पु¥याउन भ्याएका छन् । यो क्रम निरन्तर रुपमा जारी छ । यी सब कार्य गर्न प्रदिपलाई केही गाह्रो पक्कै पनि थियो तर उनी त सहयोगको आशा राख्ने र सहयोग गर्न चाहने बीचका सेतु (पुल) भएर उपस्थित भएका थिए । म दुःखी र असहायहरुको पीडा र आवश्यकता महसुश गर्छु र मनकारीहरुसँग यो समस्या सुनाउँछु । अनि कयौं मनकारीहरुले मेरो माध्यमबाट सहयोग गर्छन् उनी सुनाउँछन् । सहयोगीहरुले मलाई विश्वास गर्नूमा मेरै सहयोगी भावना र विगतमा कयौं असाहायलाई मैले गरेको सकेजति सहयोगको परिणम हो जस्तो लाग्नु उनको अनुभुति सुनाउँछन् ।
उनी भन्छन्ः स्वदेश तथा विदेश देखी मनकारी व्यक्तिहरुले गर्नुभएको अथाह सहयोग म शब्दमा बयान गर्न सक्दिन, उहाँहरु मेरो लागि देख्न सकिने र छाम्न सकिने साक्षत भगावान् हुन् अनि म उहाँहरुको भक्त । अहिले उहाँहरुको नाम लिने हो भने साध्य पनि छैन । आजसम्म गरेको सम्पूर्ण पूण्य कार्यमा म भन्दा पनि उहाँहरुको महत्वपूर्ण योगदान रहेको छ । प्रदिप आध्यात्मिक व्यक्ति हुन् । उनी मान, सम्मान, पद, पतिष्ठा यी सबै कुरा क्षणिक हो, क्षणिक कुराहरुमा कुनै लालच छैन भन्छन् ।
भनिन्छ संकट परेको बेलामा आफन्त, साथीभाई र सहयोगीहरु चिनिन्छ । प्रदिप घिमिरे अहिले सयौं दुःखी, गरीब, असाहय र अपाङ्गता भएकाहरुको मित्र बनेका छन् ।