भारतमा एकै दिन कोरोनाका कारण ७ सय बढिको मृत्यु

भारतमा पछिल्लो २४ घण्टामा ५५ हजार ७९ नयाँ सङ्क्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा एकैदिन अहिले सम्मकै सबैभन्दा धेरै कोरोना सङ्क्रमित फेला परेका हुन् । यससँगै भारतमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या १६ लाख ३८ हजार आठ सय ७१ पुगेको छ । हिजो पनि भारतमा कोरोना भाइरसका ५२ […]

कोरोना भाइरस विरुद्धको खोपको बाँदरमा गरेको परीक्षण सफल

अमेरिकाको बायोटेक कम्पनी मोडर्ना इन्कले कोरोना भाइरस विरुद्धको खोपको बाँदरमा गरेको परीक्षण सफल भएको छ । मोडर्नाले बनाएको खोपले बाँदरको फोक्सो र नाकको सङ्क्रमण हुनबाट जोगाएको बताएको छ । अस्ति सोमवार मोडर्नाले विश्वकै सबैभन्दा ठूलो खोपको परीक्षण सुरु गरेको छ । जसमा ३० हजार स्वयंसेवी सहभागि छन् । कम्पनीलाई अमेरिकी सरकारले एक विशेष कार्यक्रममार्फत् एक […]

भारतमा कोरोना सङ्क्रमित हुनेको संख्या १५ लाख नाघ्यो

भारतमा कोरोना सङ्क्रमित हुनेको संख्या १५ लाख नाघेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा भारतमा ४८ हजार ५ सय १३ जना नयाँ सङ्क्रमित फेला परेका छन् । योसँगै भारतमा कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको संख्या १५ लाख ३५ हजार ३ सय ३५ पुगेको छ । यस्तै पछिल्लो २४ घन्टामा कोरोना सङ्क्रमणका कारण […]

विश्वभरका लगभग १ करोड कोरोना सङ्क्रमित निको

विश्वभर कोरोना सङ्क्रमण निको हुनेको संख्या ९९ लाख नाघेको छ । अहिलेसम्म १ करोड ६१ लाख ८९ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि हुँदा ९९ लाख ७ हजार २ सय ३२ जना उपचारपछि निको भएको वल्डोमिटरले जनाएको छ । वल्डोमिटरका अनुसार गएको २४ घण्टामा १ लाख ९० हजार ४ सय ४२ जना उपचारपछि निको भएका हुन् […]

भारतमा कोरोना भाइरस सङ्क्रमणको दर दिन प्रतिदिन बढ्दै

भारतमा कोरोना भाइरस सङ्क्रमणको दर दिन प्रतिदिन बढ्दै गइरहेको छ । पछिल्लो २४ घण्टामा मात्रै भारतमा ४९ हजार ३ सय १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको त्यहाँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । भारतमा एकैदिनमा यति धेरै व्यक्तिमा सङ्क्रमण देखिएको यो पहिलो पटक हो । योसँगै भारतमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या १२ […]

गत वर्ष वैदेशिक रोजगारीमा गएका साढे ६ सय भन्दा बढी नेपालीको मृत्यु

गत वर्ष वैदेशिक रोजगारीमा गएका साढे ६ सय भन्दा बढी नेपालीले ज्यान गुमाएको पाइएको छ । ६ सय ३९ पुरुष र १७ महिला गरी ६ सय ५६ नेपाली कामदारको बिदेशमा मृत्यु भएको वैदेशिक रोजगार बोर्डले जनाएको हो । अधिकांश कामदारको प्राकृतिक मृत्यु भएको बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले जानकारी दिनुभयो । अघिल्लो आर्थिक वर्षमा वैदेशिक […]

सोह्र अन्तर्राष्ट्रिय उडानः एक हजार ४१४ नेपाली फर्किए

काठमाडौ  । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज एकै दिन १६ अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन् । यी उडानमार्फत एक हजार ४१४ नेपाली स्वदेश फर्किएको विमानस्थल कार्यालयले जनाएको छ । नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स० ले दोहाबाट २६२, दुबईबाट १४९ यात्रु काठमाडौँ ल्याएको छ । त्यस्तै हिमालय एयरलाइन्सले दमामबाट १५३, अबुधाबीबाट १५१ यात्रु ल्याएको छ । थप […]

बार्सा लीगमा रहन जित्नै पर्ने खेल

एजेन्सी । बार्सा लीगमा रहन जित्नै पर्ने खेल स्पेनिस ला लिगा फुटबलको उपाधि दौडमा रहेको बार्सिलाले आज अर्थात शनिबार रियाल भालाडोलिडसँग खेल्नेछ । लालीगाको उपाधि रिलेमा रहेको बार्सिलोनाले आजको रियाल भालाडोलिडसँग जित निकाल्दै शिर्ष स्थानको रियाल मड्रिडसँगको अंक दूरी १ मा छोट्याउन चाहन्छ । यी दुईबिचको खेल भालाडोलिडको घरेलु मैदान जोसे जोरिल्लामा नेपाली समयानुसार राति […]

कोरिया जान पाउनुपर्ने भन्दै माइतीघरमा प्रदर्शन

काठमाडौं । दक्षिण कोरियामा रोजगारीमा जान सम्पूर्ण प्रक्रिया पूरा गरी उडानको पर्खाइमा रहेकाहरुले बुधबार प्रदर्शन गरेका छन् । कोरोना संक्रमणको जोखिमका कारण सम्पूर्ण उडानहरु बन्द भएपछि सम्पूर्ण प्रक्रिया पूरा भएपनि कोरिया जान नपाएकाहरुले माइतीघरमा प्रदर्शन गरेका हुन् ।  २ हप्ताभित्र पनि सरकारले कोरिया पठाउने पहल नगरे ३ हजारबढीको रोजगारी गुम्ने खतरा रहेको उनीहरुले बताएका छन् […]

४३ प्रयासपछि युभेन्टसका लागि रोनाल्डोको पहिलो फ्रिकिक गोल

क्रिस्टियानो रोनाल्डोले ४३ पटकको प्रयासपछि युभेन्टसका फ्रिकिकबाट पहिलो गोल गरेका छन् । योसँगै रोनाल्डो क्लबका लागि इटालियन सिरिए ए मा एकै सिजनमा २५ गोल गर्ने सन् १९६१ पछि पहिलो खेलाडी बनेका छन् ।  शनिबार भएको टुरिन डर्बीमा युभेन्टसले टोरिनोलाई ४–१ गोल अन्तरले पराजित गर्यो । खेलको तेस्रो मिनेटमा नै पाउलो डिबालाले युभेलाई अग्रता दिलाएका थिए […]